नवौं राष्ट्रिय खेलकुदमा पदक दिलाउने खेलाडीलाई सम्मान गरिने
- बुधबार कार्तिक १६ , २०७९
भिमा कंडेल, बर्दिया । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशको तर्फबाट प्रतिनीधित्वगर्दै ठाकुरबाबा नगरपालिकालाई पदक दिलाउन सफल खेलाडीलाई नगरपालिकाले सम्मान गर्ने भएको छ । असोज २८ गतेदेखि कात्तिक ४ गते सम्म पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा खोखो, एथलेटिक्स, कवड्डी, रिले दौड लगायतका खेलमा ठाकुरबाबा नगरपालिकाका स्वर्ण, रजत र कास्य पदक ल्याउन सफल खेलाडीलाई प्रोत्साहन स्वरुप नगद सहित प्रमाण पत्र प्रदान गर्ने पालिकाले निर्णय गरेको छ ।
ठाकुरबाबा नगरपालिकाका अनुसार स्वर्ण पदक (एकल) लाई नगद रु. २५ हजार र प्रमाण पत्र, स्वर्ण पदक (सामुहिक) प्रति खेलाडी रु. १५ हजार सहित प्रमाण पत्र, रजत (एकल) लाई रु. २० हजारसहित प्रमाण पत्र, रजत (सामुहिक) प्रति खेलाडी नगद रु. १० हजारसहित प्रमाण पत्र र कास्य (एकल) लाई नगद रु. १५ हजारसहित प्रमाण पत्र तथा कास्य (सामुहिक) तर्फका विजेता खेलाडीलाई नगद रु. ५ हजार रुपैया र प्रमाण पत्र प्रदान गरिने जनाईएको छ ।