fbpx

बाँसगढी नगरपालिकामा रहेका लामखुट्टे नष्ट गरिदै

बाँसगढी नगरपालिकामा रहेका लामखुट्टे नष्ट गरिदै


विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाको वाड वाडमा डेंगु लगायतका किट जन्य रोगहरुको नियन्त्रणकालागी लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान सञ्चान गरेको छ । देश व्यापी रुपमा देखा परेको डेंगु रोगको प्रवाह रोक्न नगरपालिकाको प्रत्येक वार्डमा सो अभियान थालिएको हो ।

अभियान अन्तरर्गत बाँसगढी नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ को विभिन्न ठाउँमा लामखुट्टेको वासस्थान खोजेर नष्ट गरिएको छ । लामखुट्टेले ‘अण्डा’ पार्न सक्ने सम्भावित स्थानहरू पानी जम्ने ठाउँहरु खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको बासँगढी नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कृष्ण प्रसाद बास्तोला (धावक) ले जानकारी दिनुभयो । उहाँका अनुसार वडाका टोल टोलमा गएर लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान नियमित रुपमा सञ्चालन गरिने छ ।

वडाका जनप्रतिनिधि, टोल विकास समिती, बरघर, महिला स्वास्थ्य स्वंयसेविका, लगाएतको उपस्थितीमा बठुवा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख सागर थारुले डेंगु रोगको बारेमा जानकारी गराउनु भएको थियो । बाँसगढी नगरपालिकामा हाल सम्म ४ जनामा डेंगु रोग देखिएको छ, भने बर्दियामा डेंगु रोगका कारण २ जनाको ज्यान गईसकेको छ । त्यसैगरी वाड नं ६ को वडा कार्यालय र स्वास्थ्य केन्द्र परिसर भित्र सरसफाई गरी डेंगु रोग फैलन नदिनका वार्डमा, टोल बिकास समिती, बरघर संस्थाहरुलाई आआफ्नो टोलमा सचेतना कार्यक्रम गर्न र लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्न निर्देशन गरिसकेको वाड नं ६ का वडा अध्यक्ष लाल बहादुर क्षेत्रीले बताउनु भयो ।

उहाँले हाल डेंगुरोग लागेका व्यक्तिहरु वार्ड न. ६ मा रहेकाले जोखिम कायमै रहेकोले सवैमा सचेत रहन आग्रह गर्नु भएको छ । यदी कसैलाई लामो समय सम्म ज्वरो आएको छ भने ढिला नगरी नजिकको स्वास्थ्य केन्द्रमा गइ डेंगु भए नभएको परिक्षण गरेर औषधि सेवन गर्नुपर्ने दमौली आधारभुत स्वस्थ्य केन्द्रका प्रमुख गणेश थारुले जानकारी दिनुभयो । उहाँका अनुसार डेंगु परिक्षणका लागि पाचँ सय रुपैया शुल्क लाग्ने बताउनु भएको छ ।

तपाइको मत