fbpx

राती ९ बजेपछि देउसी भैलो नखेल्न प्रशासनको आग्रह

राती ९ बजेपछि देउसी भैलो नखेल्न प्रशासनको आग्रह


हरिवंश पाण्डे, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले दीपावलीका अवसरमा खेलिने देउसी भैलोलाई राति ९ बजे पछि नखेल्न आग्रह गरेको छ । तिहारका बेला अवाञ्छनिय गतिविधि गर्ने जोकोहीलाई कारवाही गरिने विज्ञप्ती मार्फत जनाईएको छ ।

हिन्दूहरूको महान दोश्रो ठूलो चाड तिहारको शुभकामना व्यक्तगर्दै चाडपर्वका समयमा हुन सक्ने उच्छृंखल गतिविधिलाई रोक्न आफ्नो साँस्कृतिक मौलिकता झल्किने गरी नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा र अनुशासन, छरछिमेक र समाजको शान्ति सुव्यवस्था कायम रहने गरी देउसी भैलो खेल्न प्रशासनले अनुरोध गरेको हो ।

तिहारको समयमा गलत कृयाकलाप गर्ने, पटाका पड्काउँने, जस्ता कानुन विपरीत कार्य नगर्न निर्देशन दिँदै अटेर गर्ने जोकोहीलाई कानुन अनुसार कारबाही गर्ने बिज्ञप्तीमा जनाईएको छ ।

तपाइको मत