fbpx

ढाड सेक्ने कर्जाको बिरोध

ढाड सेक्ने कर्जाको बिरोध


यादव आचार्य, गुलरिया । नेपाल राष्ट्र वैंकले घोषणा गरेको नयाँ ब्याजदरका बिरुद्ध बर्दियाका उद्योगी, ब्यवसायीहरु सडकमै उत्रिए । ब्यवसायीहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा निर्धारण गरिएको कर्जा ब्याजदर तुरुन्त खारेज गर्न मागगर्दै जिल्ला स्थित सबै पालिकाका ब्यापार ब्यवसायीहरुले सदरमुकाम गुलरियामा बिरोध प्रर्दशन गरेका छन् ।

बर्दियाका ८ वटै स्थानिय पालिकाका उद्योग बाणिज्य संघ सम्मिलित जिल्ला समन्वय समितिको समन्वयमा ब्यपारीहरुले बिरोध प्रर्दशनगर्दै नेपाल राष्ट्र वैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत ज्ञापन पत्र बुझाउँदै उनीहरुले कर्जा अन्र्तगतका विभिन्न दरका चर्को ब्याज दरहरु समायोजन गर्न आग्रह गरेका छन् । कोभिडबाट आक्रान्त बनेका ब्यवसायीहरु माथी नेपाल राष्ट्र बैंकले लिएको कर्जा प्रवाह नितिले, ‘उद्योगी ब्यवसायीहरु पलायन हुने निश्चित छ’ । उद्योग बाणिज्य संघ गुलरिया, बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले भने, ‘ब्याजदर बृद्धिले सेवा तथा बस्तुको मुल्य बृद्धि भई त्यसको असर सर्वसाधारण नागरिकलाई पुग्छ’ ।

‘वैंकले हामीलाई बिरोधमा उत्रिन बाध्य पार्यो । वैंकको कर्जा प्रवाह गर्ने निति र भद्र सहमतिले भावना विपरित गरेको कर्जा सिण्डीकेट प्रणाली तत्काल खारेज गर्नुपर्ने हाम्रो माग हो । नत हामीसँग सल्लाह नै गरियो नत कुनै सुझाव नै लिईयो । वैंकको २० र २५ प्रतिशत कर्जा प्रवाह गर्ने निति ब्यवसायीहरुको लागि असहज छ ।’ उनले थपे, ‘ब्यवसायीलाई दिएको अनुदान कर्जालाई निरन्तरता दिनुपर्छ, ब्यवसायीहरुको माग उपर कुनै सुनुवाई नभए थप चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य हुन्छौ’, ब्यवसायीको मागलाई हल्का रुपमा नलिईयोस् ।

ब्यवसायीहरुको बिरोध र्याली सहितको टोलीले जिल्ला प्रशासन कार्यालय बर्दियाको मूलगेट अगाडी नाराबाजी गर्दै राष्ट्र वैंकले बृद्धि गरेको कर्जा ब्याजदरको बिरोध गरेका हुन् । उद्योग बाणिज्य संघ गुलरियाको कार्यालय अगाडीबाट निकालिएको र्यालीले राधाकृष्ण चोकहुँदै जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडी नाराबाजीगर्दै ज्ञापन पत्र समेत बुझाएका छन् । ‘कोभिड पछि चौपट भएको ब्यापार ब्यवसायलाई राष्ट्र वैंकको कर्जा प्रवाह नितिले थप संकटको अवस्थामा पुर्याउने’, बढैयाताल उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष वालकृष्ण लामिछानेले बताए ।

‘सीमा पारीका बजारबाट हुने अबैध आयात रोक्न सुरक्षाको प्रत्याभुती सहितको भन्सार कार्यालय स्थापना गर्नुपर्ने’ हाम्रो माग छ । ‘वैंकले कर्जा लगानी तथा ब्याजदरमा मनोमानी बृद्धि गरी अपराध गरेको छ’, ‘वैंकको ६ महिना पनि टिक्न नसक्ने अर्थनितिले समग्र ब्यापारीको हित र बिकासमा बाधा पुग्ने’ अध्यक्ष लामिछानेको भनाई छ । ब्यवासायीहरुको ज्ञापन पत्र बुझ्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सम्वन्धित निकायमा तत्काल पठाईने बताउँदै सीमापारबाट हुने अवैध आयातलाई निरुत्साहित पार्न भन्सार कार्यालय स्थापनाका लागि केन्द्रमा पत्राचार भैसकेको प्रष्ट्याए ।

साभार : अन्नपूर्ण पोस्ट्बाट ।

तपाइको मत