महिला हिंसा अन्त्य गर्न आर्थिक सशक्तिकरण गरिनुपर्ने
- शुक्रबार कार्तिक ४ , २०७९
मुरली गोडिया, गुलरिया । समाजमा घट्ने अधिकांश महिला हिंसाको उपज महिलाहरु आर्थिक रुपमा शसक्त बन्न नसक्नु रहेको पाइएको छ । समाजबाट महिला हिंसाको अन्त्यका लागी महिलाहरुलाई आर्थिक रुपमा सवल बनउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
महिलाहरु आर्थिक उपार्जनका क्रियाकलापमा संलग्न नभएकै कारण पैसा नहुने र परनिर्भर भएकाले पनि समाजमा महिला माथी कतिपय हिंसा भइरहेको महिला अधिकारकर्मी हिमा सुनारले जोड दिनु भएको छ । दलित महिला संघ बर्दियाले गुलरियामा आयोजना गरको संस्थाको सामाजिक लेखा परिक्षण कार्यक्रममा सहजीकरणगर्दै उहाँले महिलाहरुलाई अधिकार स्थापित गराई आर्थिक सवलीकरणका निम्ती महिलाहरुलाई समुह मार्फत एकिकृत गरि राखेको बताउनु भयो ।
गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकाका दलित, सिमान्तकृत तथा पिछिडिएका सामुदायका महिलाहरुको आर्थिक शसक्तिकरणका निम्ती विशेष कार्यक्रम संचालन गरिरहेको जानकारी गराउनु भयो । २० वटा महिला समुह बनाई करिब ४ सय भन्दा बढी महिलाहरुलाई समुहमा आवद्ध गराई विभिन्न आर्थिक उपार्जनका क्रियाकलापमा सरिक गराएको दलित महिला संघ बर्दिया प्रमुख सुनारले बताउनु भयो । संचालनमा रहेको परियोजनाले दलित महिलाको आयआर्जनका क्रियाकलापमा पहुँच बृद्धि गराई समुहमा नियमित बचत र घुम्ति कोषबाट ऋण परिचालन गरि १७ जनाले खुद्रा पसल, ५२ जनाले बाखा्र पालन, १६ जनाले कुखुरा पालन, १२ जनाले बंगुरपालन लागयत अन्य व्यवसाय गरि आर्थिक समृद्धि तर्फ बढी रहेको उहाँको भनाई छ ।
कार्यक्रमका शिलशिलामा सुनारले महिला माथी भएका हिंसाका घटनाहरुमा न्यायिक निरुपणका लागी सम्बन्धित निकायमा पु¥याउँदा पनि विभिन्न परिबन्दमा परि केस होस्टाइल हुने चुनौती रहको संघले जनाएको छ । घरेलु हिंसामा परेका दलित महिलाहरुको आर्थिक आत्मनिर्भर नभएकाले हिंसा भएपछि पनि सहनु पर्ने बाध्यता अथवा हिंसाको विरुद्धमा आवाज उठाई सकेपछि पुनस्र्थपना गर्न निक्कै कठिन हुने गरेको भोगाई सुनारले सुनाउनु भयो ।