fbpx

यातायातकर्मीहरुलाई मानव बेचविखनका बारेमा सचेतना

यातायातकर्मीहरुलाई मानव बेचविखनका बारेमा सचेतना

चुरेकुञ्ज, गुलरिया । माइती नेपाल बर्दियाले गुलरियाका यातायातकर्मीहरुलाई मानव बेचविखनका बारेमा सचेत पारको छ । फ्रिअगर्लको सहयोगमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध माईती नेपालले अभिमुखीकरण गराइएको हो ।

बर्दिया कृष्णसार प्रालीका नयन सिहं वली लगाएत कर्मचारी र चालकहरुको उपस्थितीमा मानब बेचबिखनको बर्तमान अबस्था, बेचबिखनका कारणहरु, दलालले अपनाउने तौरतरिका, संम्भावित स्थानहरु, मानब बेचबिखनका प्रयोजनहरु, कानुनी ब्यबस्था यातायातकर्मीहरुको भुमिकाको विषयमा माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले सहजीकरण गर्नु भएको हो ।

यातायात कर्मीहरुले यात्रा गर्ने मानिसहरुको बारेमा छिटै बुझ्ने क्षमता भएको हुँदा सधै सजकता अपनाउन आबश्यक रहेको भन्दै समय समयमा यस्ता कार्यक्रमहरु ल्याउनु पर्ने कार्यक्रमका सहभागीले बताएका छन । यातायात क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई समुदायमा सचेतनाका कार्यक्रमहरु गर्नुपर्ने शिबराज बोहोराले आह्वान गर्नुभयो । यातायातका साधनहरुमा कोही संकास्पद ब्यक्ति यात्रा गरिरहेको लागेमा तुरुरन्तै प्रहरी र माइती नेपाललाई जानकारी गराउन अनुरोध गर्नु भएको थियो । मानब बेचबिखन ओसारपसार नियन्त्रणका लागी यातायात ब्यबसायी संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

तपाइको मत