fbpx

राहत बितरणमा पक्षपातभन्दै राजापुर नगरपालिका घेराउ

राहत बितरणमा पक्षपातभन्दै राजापुर नगरपालिका घेराउ


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरका बाढी पिडितहरुलाई बाँडीएको राहत पक्षपात पूर्ण भएकोभन्दै स्थानियले राजापुर नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । राहत वितरणमा आफ्ना नजिकका नातेदार तथा कार्यकर्ताहरुलाई राहत बाँडेको भन्दै उनीहरुले पालिका घेराउ गरेका हुन् ।

नगरपालिकामा ३ हजार ९७६ जनालाई बाढी तथा ढुवान पीडित पहिचानगर्दै नगरपालिका, डब्लुएफपी र नेपाल रेडक्रस सोसाईटी बीचको सम्झौता अनुसार नगद १५ हजार वितरण गरिएको थियो । उक्त राहत वितरणमा भेदभाव भएको स्थानीयको आरोप छ । डुवान संभावित ठाउँहरुमा रहेका केही स्थानीयले पाउने र केहीले नपाउने भएपछि स्थानीयहरु थप आक्रोषित भएका हुन् । राजापुर नगरपालिकाको वडा नं. १ देखि ३ सम्म दौलतपुर सडकको पश्चिम तर्फका वस्तीहरु बढी बाढी र डुवान जोखिममा रहेपनि संभावित भन्दै गैरपिडितको नाम डुवान पीडितमा राखेको उनीहरुको आरोप छ ।

राजापुर नगरउपप्रमुख मनकला कुमारी चौधरीले नगरभरका बाढी तथा डुवान पीडितको तथ्याङ्क पुनः संकलन गर्ने भनेपछि स्थानीय आफ्नो विवरण टिपाउन आएका थिए । नगर प्रमुख दिपेश थारु तथा उपप्रमुख मनकला कुमारी चौधरी बैठकमा जानु भएकाले सो विषयमा कुनै छलफल नै नभएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले वताउनु भएको छ । राजापुर तथा गेरुवा क्षेत्रमा वितरण गरिएको राहतका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बर्दियामा दैवी प्रकोप उद्धार समितिको बैठक बसी बास्तविक पिडितलाई नछुटाउने गरी राहत उपलब्ध गराउनका लागि सम्वन्धित दातालाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

तपाइको मत