fbpx

बाँसगढीको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन

बाँसगढीको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन


विन्दु चौधरी, बाँसगढी । बर्दियाको बासँगढीमा विहिवार रक्त संकलन गरिएको छ । रक्तदान कार्यक्रम मार्फत ७१ पिन्ट रगत संकलन गरिएको हो ।

बाँसगढीमा आयोजित रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । नेपाल स्वयमसेवि रक्तदान समाज उपशाखा बाँसगढी र लायन्स क्लव अफ बर्दिया बासँगढीको सयूक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको नेपाल स्वंयमसेवि रक्तदान समाज उपशाखा बासँगढीका अध्यक्ष विनोद कुमार परियारले जानकारी दिनु भयो । रक्तदाता ७१ जनालाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

बासँगढी नगरपालिकाको संरक्षक, बाँसगढी नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी बर्दियाको समन्वय तथा प्राविधिक सहयोगमा स्वयमसेवी रक्तदान समाजको सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको अध्यक्ष परियारले बताउनुभयो । बाँसगढी नगरपालिकाका प्रमुख खड्क बहादुर खड्काले रक्तदान गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई नगर प्रमुख खड्का, लायन्स क्लव अफ बर्दिया बाँसगढीका अध्यक्ष विपिन पौडेल, नेपाल स्वयमसेवि रक्तदान समाज बर्दियाका अध्यक्ष प्रेम लम्साल, उपाध्यक्ष सन्तोष बास्तोला लगायतले प्राविधिक सहकार्य गरेका थिए ।

तपाइको मत