fbpx

बिस्वासिलो सहकारी मधुवनको पारिजात सेवा केन्द्रमा चोरी

बिस्वासिलो सहकारी मधुवनको पारिजात सेवा केन्द्रमा चोरी


चुरेकुञ्ज, गुलरिया । मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवा स्थित विश्वासिलो बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको पारिजात सेवा केन्द्रमा चोरी भएको छ । सुर्यपटुवामा रहेको शाखा कार्यालयको सेफ फोडेर पैसा चोरिएको हो ।

विश्वासिलो बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको पारिजात सेवा केन्द्रबाट सेफ फोडी करिब ५ लाख रुपैया चोरी भएको जनाईएको छ । सहकारीमा चोरी भएको खबर पाउनासाथ ईप्रका ढोढरी र कोठियाघाट चौकीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको ईप्रका ढोढरीका प्रहरी निरीक्षक महेन्द्र जंग बुढाथापाले बताउनु भएको छ ।

तपाइको मत