fbpx

ठाकुरबाबा नगरका महिला तथा किशोरीलाई डिग्निटी कीट

ठाकुरबाबा नगरका महिला तथा किशोरीलाई डिग्निटी कीट


भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २ र ६ मा महिलाहरुलाई मर्यादा सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखा र जिल्ला शाखा बर्दियाको समन्वयमा युएनएफपीको सहयोगमा मर्यादा सामाग्री डिग्निटी किट वितरण गरिएको हो ।

मर्यादा सामाग्री अन्र्तगत ठाकुरबाबा नगरपालिकाका विभिन्न वडा गरी ८ सय ९१ घरधुरीमा यो कीट वितरण गरिने नगरपालिकाले जनाएको छ । कीटमा किशोरी तथा महिलाहरुलाई घर बाहिर वा घर भित्र कुनै पनि ठाउँमा काम गर्न सहज पुराउने उद्धेश्यले म्याक्सी, चोलो, सारी धोती, टर्च लाइट, गम्छा, काइयो, कपडा धुने र नुहाउने साबुन, रबरको चप्पल, ओड्ने पछ्यौरा, सेनीटाइजर, माक्स लगायतका सामानहरु छन् ।

त्यसमध्ये प्रभावित महिला तथा किशोरीहरुको आत्मसम्मान पुनःस्थापित गराउन राष्ट्रिय संरक्षण विषयगत क्षेत्रले निर्धारण गरे बमोजिम डिग्निटी किटहरु वितरण गरिएको नगरपालिकाले जनाएको छ । विपदमा पर्दा जहिले, महिलाको मर्यादा पहिले भन्ने नारासहित मर्यादा सामाग्री कीट वितरण गरिएको छ । मर्यादा सामाग्री विपद्को अवस्थामा संरक्षणका विषयगत क्षेत्रको संयोजक तथा सहसंयोजक (यूएनएफपीए) र यस क्षेत्रका महिला तथा किशोरीहरुको प्रजनन् स्वास्थ्य आवश्यकता पूरा गर्न तथा उनीहरुको संरक्षण गर्न विभिन्न कार्यगर्दै आएको छ ।

तपाइको मत