fbpx

राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि प्रशासनमा बनाउनेको भीड

राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि प्रशासनमा बनाउनेको भीड

मुरली गोडिया, गुलरिया । नेपाल सरकारले सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरेको छ । २०७६ माघ २८ गते राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन जारी भएपछि यसको लागि कानूनी आधार निर्माण भएको हो ।

नेपाल सरकारले देशभर विस्तार गर्ने गरी कार्यक्रम अघि बढाइ सकेको छ । यति बेला परिचय पत्र बनाउनेको भिड जिल्ला प्रशासन कार्यालय बर्दियामा देखिने गरेको छ । दैनिक करिब ३ सय भन्दा बढी सेवाग्राही विहान ६ बजे देखी नै प्रशासन अगाडी लाइन लागेको भएता पनि परिचयपत्र बनाउन नपाएको गुलरिया नगरपालिका वडा नम्वर १२ निवासी स्थानिय धनराज बुढाक्षेत्रीको गुनासो छ । नियमित नागरिकता र पासपोर्ट बनाउने कामले पनी नागरीकको चाप उत्तिकै छ । सरकारले ल्याएको निती एकदमै राम्रो भएको बताउदै समयमै राष्ट्रिय परिचयपत्र नबनि दिदा सेवाग्राहीले सास्ती भोगीरहेको उनले दुखेसो पोखे । बर्दिया जिल्लामा ८ ओटै पालिकाको वडाहरुमा कार्ड बनाउने अभियान संचालन गरिएको थियो । 

कतिपय नागरिकहरु उक्त समयवधिमा विदेश वा जिल्ला भन्दा बाहिर भएकोले बनाउन पाएनन् । चाडपर्व मनाउन गृहजिल्लामा आएको बेला परिचयपत्र बनाउनेको बढी भिड देखिएको छ । वडा स्तरमा अझै पनि उक्त अभियान वा कक्ष निर्माण गरि राष्ट्रिय परिचय पत्र वितरण गरे सहज हुने गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी लक्ष्मण घिमिरेको तर्क छ । अनलाइन मार्फत कार्य हुने भएमा टाढा बाट आउने सेवाग्राहीलाई समेत सहज तथा भिड कम हुने  घिमिरेको भनाई छ । जिल्ला प्रशासन कार्यलय बर्दियाले १ दिनमा १ सय जना सम्मको मात्र काम गर्न सक्ने जनशक्ति रहेको जनाएको छ । 

पछिल्लो समयको सेवाग्राहीको चापलाई मध्यनजर गरि  जिल्लाका इलाका प्रशासन कार्यालयमा परिचय पत्र बनाउन आउनेका लागी कक्ष स्थापना गरी पालिका र जिल्ला प्रशासनबाट पनि सेवादिने गरि पालिका संग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताउनु भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछी परिचय पत्र बनाउनेको बर्दिया प्रशासनमा विहानै देखी भिड लाग्ने गरेको छ । बर्दियामा ०७७  भदौ १५ गते देखी राष्ट्रिय परिचय पत्र वितरण कार्य शुरुवात गरिएको थियो । 

नेपाली नागरिकता प्राप्त गरि सकेका नागरिकहरुले राष्ट्रिय परिचय पत्र लिन पाउने व्यवस्था गरिएको छ । २०७९ भदौ मसान्त सम्ममा बर्दियाका ८ ओटै पालिकाका १ लाख ९८ हजार ३ सय  ५२ भन्दा बढीले राष्ट्रिय परिचय पत्र लिइ सकेको प्रशासनको तथ्याङ्क छ । “राष्ट्रिय परिचयपत्र” व्यक्तिको परिचय प्रमाणिकरणको डिजिटल समाधान हो । डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तर सम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ ।  

तपाइको मत