fbpx

बाँसगढी लक्ष्यदीप सहकारीको बार्षिक कारोबार ६ करोड नाघ्यो

बाँसगढी लक्ष्यदीप सहकारीको बार्षिक कारोबार ६ करोड नाघ्यो


विन्दु चौधरी, बाँसगढी । बर्दियाको बाँसगढी नगरपालिका स्थित लक्ष्यदिप सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले दशौँ वार्षिक साधारण सभा सम्पन गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा कुल कारोबार ६ करोड ११ हजार १ सय ५ रुपैयाँ सहितको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष सरला कुमारीले प्रस्तुत गर्नु भएको छ ।

प्रतिवेदन अनुसार संस्थाले ५ लाख ४२ हजार ९ सय ६९ रुपैयाँ शुद्ध मुनाफा आर्जन गरेको छ । ४३ लाख ७ हजार ९ सय शेयर पुँजी रहेको संस्थाले १ करोड ५६ लाख २६ हजार ७ सय ६ रुपैयाँ बार्षिक बचत गर्न सफल रहेको कोषाध्यक्ष लौटी थारुले प्रस्तुत गर्नुभएको आयब्ययमा छ । त्यस्तै सहकारी संस्थामा हाल ६ सय ६ जना महिला मात्र शेयर सदस्य छन् । सस्थाले यसवर्ष एक करोड ९४ लाख ८ हजार ७ सय ९ रुपैया बराबरको खसिबोका विक्रिगरेको छ । त्यसैगरी रसायनिक मल विक्रिबाट २७ लाख ९ सय ९० रुपैया र एक लाख ५७ हजार रुपैया बराबरको पशु आहार दाना विक्रि गरेको संस्थाका लेखा समितीका संयोजक सुनिता केसिले बताउनु भएको छ ।

कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कृषक, जेष्ठ नागरिक र उत्कृष्ट सहकारी समुहहरुलाई सम्मान गरिएको छ । जसअन्तर्गत उत्कृष्ट बाल वचतकर्ता सुयोग लामिछाने, एकल दलित तथा जेष्ठ नागरिक शेयर सदस्य रेवती सार्कीलाई सम्मान गरेको छ । त्यसैगरी एक सय किलो भन्दा बढि खसिबोका बिक्रि गरी उत्कृष्ट कृषकमा राती थापा, सुसिला थारु र सगुनी थारु, त्यस्तै उत्कृष्ट समुह प्रथम जानकारी आर्यआर्जन समुह प्रगतिनगर, द्धितिय ज्ञानज्योती समुह मगरपुर, तृतिय समुह नमुना समुह सटरिया र सान्त्वना जनप्रिय समुहलाई सम्मान गरिएको थियो । कार्यक्रममा बासँगढी नगरउपप्रमुख इन्दिरा चौधरीले सहकारी संस्थाले नै समाजमा समुहगत लगानी गरेर समुदायलाई आत्मनिर्भर गराउन सहयोग गरेको बताउनु भयो ।

उहाँले सहकारीकै माध्यमबाट किसानहरुको आर्थिक, सामाजिक, विकास र निकासका लागि महत्वपुर्ण भुमिका खेलिरहेको बताउनुभयो । लक्ष्यदिप सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष सरला कुमारीको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्यका जेष्ठ नागरिक ९९ वर्षिया नन्दलाल पौडेल, लुम्विनी प्रदेशका निर्वतमान सभासद भुवनेश्वर थारु, कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्का, थारु महिला उत्थान केन्द्र बर्दियाका कार्यकारी निर्देशक प्रिज्मासिंग थारु, सल्लाहकार, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधी, समाजसेबी शेयर सदस्य लगायतको सहभागिता रहेको थियो । संस्थाका ब्यवस्थापक शान्ता सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन व्यवस्थापक बाल कुमारी थारुले गर्नुभएको थियो ।

तपाइको मत