fbpx

बबई नदीले खतराको तह पार गर्यो सतर्क रहन अनुरोध

बबई नदीले खतराको तह पार गर्यो सतर्क रहन अनुरोध


चुरेकुञ्ज, गुलरिया । मंगलबार रातीदेखि पहाडी क्षेत्रमा परेको अविरल बर्षाका कारण बबई नदीले खतराको तह पार गरेको छ । नदी बढेसँगै तल्लो तटिय क्षेत्रका स्थानियलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बबई नदीको चेपांग जलमापन केन्द्रमा समाचार तयार पारुञ्जेल राती ९:१५ बजे पानीको सतह ६ दशमलव ६४ मिटर मापन गरिएको हाईड्रोलोजीमा जनाईएको छ । बबईको चेपांगमा ५ दशमलव ५० मिटर चेतावनी तह मानिन्छ । ६ दशमलव १० मिटर पानीको सतहलाई खतराको तह मानिन्छ ।

पहाडी जिल्लाहरुमा बर्षा नरोकिएकाले नदी थप बढ्न सक्ने अनुमान गरिएको छ । स्थानिय प्रशासन तथा जिल्ला प्रहरी कार्यालय बर्दियाले नदीको सतहले खतराको तह पार गरेकाले नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोवास गरेका स्थानियलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।

तपाइको मत