fbpx

दशैको अवसरमा आयोजित फूटबल बिजेतालाई खसी पुरस्कार

दशैको अवसरमा आयोजित फूटबल बिजेतालाई खसी पुरस्कार


चुरेकुञ्ज, गुलरिया । विजयादशमीको अवसरमा कृष्णसार युथ स्पोर्टस क्लवद्वारा आयोजित फूटबल प्रतियोगिताको विजेताले खसी पुरस्कार पाएका छन् । गुलरिया नगरपालिका वडा नम्वर ६ ले प्रायोजन गरेको फूटवल प्रतियोगिताको प्रतिस्पर्धामा कृष्णसार युथ स्पोर्टस क्लव ए ले युथ स्पोर्टस क्लव बी लाई ५–० गोलले पराजित गरेको छ ।

क्लवका बिजेता टिमका संयोजक मायाँ शाहले वडाले प्रायोजन गरेको खेलको बिजेता बनेपछि १२ हजार मुल्य बराबरको खसी पुरस्कार प्राप्त गरेको बताउनु भयो । दशैको अवसर पारेर आयोजना गरिएको खेलमा बर्दिया जिल्लाका पूर्व फूटवल खेलाडीहरु सहभागी थिए । खेलको उद्घाटन पूर्व बर्दियाका फुटवल खेलाडी एवम् उत्कृष्ट गोलकिपर कमल केसीको स्वर्गारोहण भएको शोकको घडीमा मौन धारण गरिएको थियो ।

गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष शुधांसु प्रकाश शर्माले रेफ्रीलाई बल हस्तान्तरगर्दै खेलको उद्घाटन गर्नुभएको हो । खेलकुद र खेलाडीको प्रर्बद्धन तथा संरक्षणका लागि वडाको चिन्ता रहेको बताउँदै वडा अध्यक्ष शर्माले बजेटले भ्याए सम्म खेलकुदको लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

तपाइको मत