गाउँघरका धार्मिक लिलाहरुले तान्छ परदेशी युवाहरुको मन
- शनिबार असोज १५ , २०७९
मुरली गोडिया, गुलरिया । शरदऋतुको आगमनसँगै सवै तिर चाडपर्वको बातावरणले सबैको मन उल्लासमय बनाउन थाल्छ । खेतबारीमा लहलह झुलीरहेका धानका बालाहरु लटरम्म झुलेको छरपष्ट देखिन्छ । खेतमा हरिया फँंटहरुको दृश्यले मन चंगा झै उड्न थाल्छन । चारैतिर चाडपर्वको रौनकताले मनलाई आनन्दित पार्न थालेको हुन्छ । नवरात्रको दिन शुरुवात नहुंदै घरदेश छोडेर परदेशिएका मनहरु घरदेशलाई सम्झन थाल्छन । प्रदेशी मनहरुले पनि आफु जन्मेको देश अनि गांउघर ती साथी भाईसंगै नवरात्रभर गांउमा हुने नाचगान, भजनकिर्तन अनि रामायण र महाभारतमा देखाइएका कला, धनुष यज्ञ, रामसिता विवाह, कृष्ण सुदामा मिलनको नाट्यकलालाई सम्झिन्छन ।
जुन गांउघरहरुमा देख्न पाइन्छ । यी सवै कुरा सझिएर विदेशिएका सवै जना आफनो घरफर्किन थाल्दछन । तर समयको चक्र संगै धेरैकुराहरु परिवर्तन हुन थालेको छ । हिजोका दिनमा नवरात्रभर दुर्गामाताको पण्डालमा विभिन्न स्थानिय कलाकारहरुले रामायण महाभारतका कलाकारहरुको अभिनयलाई यहाँ देखाइन्थ्यो तर अहिले त्यस्तो छैन । अहिले गाँउघरमा त्यस्ता सांस्कृतिक तथा झाँकी सहितका कार्यक्रम तेती हेर्न पाइन्न । गुलरियामा विगत केही वर्ष देखी त्यो क्रमलाई निरन्तरता दिइएको पाइन्छ । तर ती स्थानिय कलाकारले आफनो प्रतिभा स्थानिय स्तरमा देखाउने अवसर पाएनन् । हिजोका दिनमा कार्यक्रमको आयोजना गर्ने क्रममा गाँउका स्थानिय नगारिकहरुले एकआपसमा व्यक्तिगत आर्थिक सहयोग जुटाई कार्यक्रमहरु हुन्थे । भने आजभोली कतिपय स्थानमा आर्थिक सहयोग गर्ने निकायहरु पनि छन । विगतमा हुने कार्यक्रममा प्राय स्थानिय कलाकालहरु सिमित आर्थिक तथा स्रोतसाधनको प्रयोग गरि कला देखाइथ्यो । ती कलाकारहरुको खोजी गरि कला र संस्कृतिको जगेर्ना गर्नुपर्ने पनि आजको अवश्यकता देखिन्छ ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ६ को गुलरिया बजार शिवमन्दिरमा ४ दिनको सांस्कृति तथा जागरणका कार्यक्रम हुने भएका छन । अर्को कार्यक्रम गुलरियाकै वडा नम्बर ७ स्थीत पुरानो आँफ बगैचा नजिक मनकामना टोलमा १० दिन सम्मै रामायण तथा महाभारतमा आधारित नाट्यकला देखाइदैछन । यही अवसरमा धार्मिक अभियन्ताहरुले आफनो गाँउठाउमा सार्वजनिक स्थल र मठमन्दीरमा माता श्रीदुर्गा भवानीको माटोको मुर्ति स्थापना गरी ९ दिन सम्म पुजा पाठ गर्ने र धार्मिक प्रवचन सुनाउने गरिन्छ । रामलिला मंचनको कार्यक्रम पनि गर्ने गरिन्छ । बिजया दशमीको पावन अवसरमा प्रतिपदा देखि बिजया दशमी सम्म रामलिला अन्र्तगत प्रभु श्रीरामको जन्म देखि लिएर रावण बध सम्मको कथा छिमेकी राष्ट भारतका कलाकारहरु द्धारा गरिन्छ ।
बालबालिका देखि ठुला मान्छे सम्मकाले गएर अवलोकन गर्ने, हेर्ने गरेमा हाम्रो धर्म संस्कृतिको रक्षा हुन्छ भन्ने जनविश्वास रहेको पनि देखिन्छ । गुलरिया बजारको श्रीगौरी शंकर मन्दिरमा राखिएका दुर्गा माताको पण्डालमा देखाइएको संस्कृतिक भाँकी पनि बाहिरी कलाकारले प्रदर्शन गरेका थिए । विहिबार भएको उक्त कार्यक्रममा सैयौंको संख्यमा दर्शकको घुइचो लागेको थियो । हिन्दी भजनमा भइरहेको सांगीतक धुन र कलाकारले प्रस्तुतीले दर्शकको मन मंचमा तानिएको दृश्य प्रष्ट देखिन्थ्यो । मंचमा कलाकारहरुले महाभारतमा देखाइने कृष्णालिला अन्तर्गतको कृष्ण–सुदामाको मिलनलाई प्रस्तुत गरिएको थियो ।
कृष्ण मंचमा र सुदामा दर्शकको भिडमा देखिंदा सच्चिकै सुदामा त्यस्तै पहिरनमा देखिएका थिए भने मंचमा कृष्ण भगवानकै वस्त्रमा सजिएको दृश्यले स्थानियहरु घरघरका छत बाट समेत त्यो दृश्य हेरी आनन्दित भइरहेको देखिन्थ्यो । कृष्णले जब सुदामालाई आफनो अंगालो हाले तब दर्शकले खचाखच भएको त्यो ठाँउमा तालीको गडगडाहटले सवैले बास्तविक जिवनमा भइरहको जस्तो अनुभव एक आपसमा सुनाई रहेका थिए । गौरी शंकर मन्दिर अन्तर्गत नवदुर्गा पुजा समितीका अनुसार त्यो दिन कम्तिीमा १ हजार संख्यामा दर्शक देखिन्थ्यो । यसरी चाडपर्वका बेला विभिन्न धार्मिक कार्यक्रमहरु को अयोजना धर्म संस्कृति, स्थानिय कौशलको संरक्षण एवं सम्बृद्धि गर्नुपर्ने पनि देखिन्छ ।