स्थानिय टोलबासीको सक्रियतामा सडक सरसफाई (तस्विर)
- शनिबार असोज १५ , २०७९

मुरली गोडिया, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ६ को आयोजना समुदाय प्रहरी साझेदारी कार्यक्रमको सहकार्य एवम श्रृजना टोल बिकास संस्थाको सक्रियता वडा दशैको अवसर पारेर टोल सरसफाई गरिएको छ । वडा नम्वर ६ को घरघर जाऔं वडा बनाऔं अभियान अन्र्तगत सरसफाई गरिएको हो ।

बर्दिया सदरमुकाम गुलरिया जिप्रका अगाडी अवस्थित गणेशमान चोकदेखि उत्तर सडकखण्डको श्रृजना टोल क्षेत्रमा सरसफाई गरिएको गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष शुधांसु प्रकाश शर्माले बताउनु भयो । गणेशमान चोकदेखि विद्युत चोक खानेपानी कार्यालय, राधाकृष्ण मन्दिर, बगलामुखी स्कूल चोक सम्म सरसफाई गरी कार्यक्रम समापन गरिएको हो ।

सरसफाई अभियानमा श्रृजना टोलका स्थानिय समुदाय, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगतका प्रहरीहरु, वडा अध्यक्ष, वडा सदस्यहरु लगायत विभिन्न संघ संस्था लगायत पत्रकारहरु सहभागी थिए । अभियानलाई प्रत्येक टोल टोलमा पुर्याई वडालाई स्वच्छ सुन्दर बनाउन अभियानलाई तिव्रता दिईने वडा अध्यक्ष शर्माले बताउनु भएको छ । दशैलाई मध्यनजरगर्दै वडाका प्रत्येक पोलहरुमा विजुली जडान गरी वडालाई अध्यारो मुक्त बनाईएको उहाँको भनाई छ ।

अध्यारो मुक्त वडा बनाउने वडाको अभियान भएकाले बत्ती नवलेका वडाका पोलहरुका बारेमा वडामा जानकारी गराउन वडा अध्यक्षले वडावासीलाई आग्रह गर्नु भएको छ । वडाको समग्र विकासका लागि वडावासीको सहयोग अपरिहार्य भएकाले वडाले गर्ने प्रत्येक गतिविधिमा निगरानीगर्दै बौद्धिक सुझावहरु दिन वहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
