fbpx

बियरको बोतल प्रहार गरी छोरा हत्याको आरोपमा बाबु पक्राउ

बियरको बोतल प्रहार गरी छोरा हत्याको आरोपमा बाबु पक्राउ


हरिवंश पाण्डे, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाका एक बाबुले आफ्नै छोरालाई बियरको बोत्तल प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार आपसी विवादमा भनाभन हुँदा बारवर्दिया नगरपालिका वार्ड नम्बर ११ विजयनगर बस्ने वर्ष ४८ का लौरंगलाल थारुले आफ्नो सहोदर नाता पर्ने छोरा वर्ष २० को विवेक चौधरीलाई फुटेको बियरको बोत्तलले पेटमा प्रहार गरेका थिए ।

बोतल प्रहारबाट घाईते भएका बिवेकको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । छोराको मृत्यु पश्चात फरार रहेका थारुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाको टोलीले गुलरिया नगरपालिका वार्ड नम्बर ११ इन्द्रपुर गाउँमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिनुभएको छ । पक्राउ परेका थारु उपर अनुसन्धान भैरहेको जनाईएको छ ।

तपाइको मत