fbpx

मानब बेचबिखन रोक्न सिमा क्षेत्रमा सुरक्षित सञ्जाल

मानब बेचबिखन रोक्न सिमा क्षेत्रमा सुरक्षित सञ्जाल


मुरली गोडिया, गुलरिया । सिमाक्षेत्रबाट हुने मानव बेचविखनको घटना नियन्त्रण गर्न सुरक्षित संजाल गठन गरिएको छ । मधुवन नगरपालिका ५ को शक्तिपुर नाकालाई लक्षितगर्दै स्थानिय स्तरमा नयाँ एवं शंकास्पद ब्यक्ति आएको थाहा भए सोधपुछ एवं निगरानी गर्ने उद्देश्यले संजाल गठन गरिएको हो ।

संजालले जोखिमपुर्ण यात्रा गरिरहेका र उच्च जोखिममा रहेर शंका लागेका ब्यक्तिहरुलाई परामर्श दिने, अपरिचित वा शंकास्पद बालबालिका महिलाहरु बाटोमा देखेपछि आवश्यक परे नेपाल प्रहरी, माइती नेपाल समेतलाई सुचना एवं जानकारी दिने कार्य गर्ने माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी गराउनु भयो ।

मधुवन नगरपालिका वडा नं ५ का वडा अध्यक्ष दिलिप गुरुङको अध्यक्षतामा गठित संजालमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, वडा समितिका सदस्यहरु, स्थानिय आमा समुह, स्वास्थ्य शाखा प्रतिनिधि, शिक्षक, बिधार्थी, युवा किशोरी समेत रहनु छन् । मानब बेचबिखन तथा ओसार पसार न्युनिकरणका लागी रोकथाम, परामर्श लगायतका कार्य गर्ने संजालका अध्यक्ष दिलिप गुरुङ्गले प्रतिबद्धता व्यक्त गर्नुभयो । सचेतना मुलक कार्यक्रमहरु समेत संञ्चालन गर्ने उल्लेखगर्दै अध्यक्ष गुरुङ्गले मानव बेचविखनको क्षेत्रमा विगत देखीको कार्यलाई सम्झदै माइती नेपालको प्रसंशासँगै धन्यवाद दिनुभयो ।

संजालको गठन कार्यक्रममा मानब बेचबिखनको अबस्था, स्थानिय समुदायको भुमिका समेतका बारेमा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले गर्नु भएको थियो । बर्दिया जिल्लाका विशेष गरि गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाँउपालिकाको सिमा क्षेत्रमा सुचना तथा परामर्श केन्द्र स्थापना गरी मानव वेचविखनका घटना नियन्त्रणका लागी कार्यगर्दै आइरहेको छ ।

तपाइको मत