fbpx

ठाकुरबाबाको त्रिभुवन नमुना माविलाई स्कुल बस हस्तान्तरण

ठाकुरबाबाको त्रिभुवन नमुना माविलाई स्कुल बस हस्तान्तरण


भिमा कंडेल, बर्दिया । ठाबुरबाबा नगरपालिकामा अवस्थित त्रिभुवन माध्यामिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । संघिय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तरगत प्राप्त रकमबाट खरिद गरिएको बस विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

बुधबार ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा प्रमुख तथा नगर शिक्षा समितीका पदाधिकारीहरुको उपस्थितीमा त्रिभुवन माध्यमिक विद्यालयका प्रध्यानाध्यापक नन्दराम अधिकारीलाई बस हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन माद्यामिक विद्यालय विक्रम सम्वत २०७६ सालमा नमुना विद्यालय घोषित भएको थियो ।

बर्दियामा भएका ११९ माध्यमिक विद्यालय मध्ये ठाकुरबाबा नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा १७ सय ५० भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । जसमा ६१ जना शिक्षकहरुले अध्यापन गराउँदै आउनु भएको छ । टाढाका विद्यार्थीहरुलाई समयमै विद्यालय पुग्न सहज बनाउने उद्देस्यले बसको व्यवस्था गरिएको बताइएको छ । ठाकुरबाबा नगरपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि विद्यालयको भौतिक विकासमा पनि टेवा पुर्याउँदै गएको छ ।

तपाइको मत