fbpx

ज्योति लाईफ ईन्स्योरेन्सद्वारा विमा रकम भुक्तानी

ज्योति लाईफ ईन्स्योरेन्सद्वारा विमा रकम भुक्तानी


चुरेकुञ्ज, गुलरिया । ज्योति लाईफ ईन्स्योरेन्स गुलरिया बर्दियाले मृत्यु दाबी भुक्तानी गरेको छ । गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी विमित स्वर्गिय केशव राम भुजुवाको परिवारलाई मृत्युपछि दिईने रकम भुक्तानी गरिएको हो ।


गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष शुधांसु प्रकाश शर्माको प्रमुख आतिथ्यतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एरिया सेल्स मेनेजर मोहन कुमार माझीले संयुक्त रुपमा स्वर्गिय गुप्ताकी धर्मपत्नी सुनिता भुजुवालाई घरमै पुगी चेक हस्तान्तरण गरेको ज्योति लाइफ इन्स्योरेन्स गुलरिया, बर्दियाका प्रमुख कृष्ण पाठकले जानकारी दिनु भयो ।

परिवारलाई हस्तान्तरण गरिएको चेक ५ लाख ११ हजार ५६५ रुपैयाको छ । चेक हस्तान्तरणगर्दै प्रमुख अतिथी वडा नम्वर ६ का वडा अध्यक्ष शुधांसु शर्माले भविष्यको सोचले विमा गर्दा परिवारका सदस्यलाई राहत पुग्ने बताउँदै वडा वासीहरुलाई विमाका बारेमा सचेत पार्न विमा कम्पनीलाई आग्रह गर्नु भएको छ ।

तपाइको मत