बाँसगढीको बेलटारीमा दोस्रो खुल्ला फुटबल प्रतियोगिता शुरु
- आइतबार असोज ९ , २०७९

विन्दु चौधरी, बाँसगढी । दोस्रो बेलटारी खुल्ला फुटबल प्रतियोगिता आईतबारदेखि सुरु भएको छ । वेलटारी युवा क्लव लक्ष्मणपुरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले खेलाडीहरुलाई खेलसामाग्री हस्तानतरण गरी उद्घाटन गर्नुभएको छ ।
खेलकुदले स्वस्थ र तन्दुुरुस्त राख्नुका साथै विभिन्न किसिमका तनावबाट मुक्त राख्न मद्दत पु¥याउने नगर प्रमुख खड्काले बताउनुभयो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रको विकासको लागि बाँसगढी नगरपालिका सधै सकारात्मक रहेको बताउनुभयो । त्यस्तै मुख्य प्रायोजक नेशनल हार्डबेयर एण्ड सप्लायर्स बासँगढीका सञ्चालक शेर बहादुर सुनारले खेलाडीले पुरस्कारलाई मात्रै नहेरी उत्कृष्ट खेल प्रर्दशन गर्न र आयोजकलाई खेल मर्यादित र अनुशासित रुपमा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो । “कला, संस्कृति, पर्यटन तथा खेलकुदका लागि पहिचान, विकास र समृद्धिमा बेलटारी युवाको अभियान” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिता असोज १६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक नेशनल हार्डबेयर एण्ड सप्लायर्स बाँसगढीले गरेको छ । खेलको सहप्रायोजन बेलटारी सामुदायिक वन उपभोक्ता समुह लक्ष्मणपुर, भट्टराई दुग्ध उद्योग बासँगढी र एन्जिला किराना पसल लक्ष्मणपुरले गरेको छ । दोस्रो बेलटारी खुल्ला प्रतियोगितामा १८ वटा टिम दर्ता भएका छन् । प्रतियोगितामा प्रथम टिमलाईमा ३५ हजार, द्धितियलाई २१ हजार र तृतिय हुने टिमलाई ११ हजार नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको बेलटारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष फगुवा थारुले जानकारी दिनुभयो ।
बेलटारी युवा क्लवका अध्यक्ष चित्र बहादुर खत्रीको अध्यक्षतामा भएको उद्घाटनमा भएको पहिलो खेलमा मटरिया युवा क्लव र लक्ष्मणपुर यूवा क्लव (वि) विच खेल भएको छ । उद्घाटन खेलमा बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्का, उपप्रमुख इन्दिरा चौधरी, राजनितिक दलका प्रतिनिधी, वडा अध्यक्ष, जनप्रतिनिधी, मुख्य प्रायोजक शेर बहादुर सुनार, सहप्रायोजक खेमराज भट्टराई, सुरज कुमार थारु, बिभिन्न समुह तथा सञ्जालका प्रतिनिधी, समाजसेवी, खेलप्रेमी लगायतको सहभागिता रहेको थियो । स्वागत मन्तब्य वेलटारी यूवा क्लवका सल्लाहकार दिपक अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विमल सुवेदीले गर्नुभएको थियो ।