fbpx

जगदम्बा माबि मढेलाका पूर्व विद्यार्थीले गरे अक्षयकोष स्थापना

जगदम्बा माबि मढेलाका पूर्व विद्यार्थीले गरे अक्षयकोष स्थापना


भिमा कंडेल, बर्दिया । जगदम्बा माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका २०५४ सालका एसएलसी ब्याजका विद्यार्थीहरुको संयुक्त भेलाबाट दुइ लाख सात सय सतासी रुपैया राशीकोे अक्षयकोष स्थापना गरिएको हो ।


जगदम्बा माध्यमिक विद्यालय मढेलाका पुराना विद्यार्थीको समुहले अक्षयकोष स्थापना गरेर विद्यालयमा अध्ययनरत साथीहरु र शिक्षकहरुको सम्झना गर्ने पवित्र र अर्थपुर्ण कार्यको सुरुवात २०५४ का एसएलसी दिएका विद्यार्थीको समुहले गरेकोभन्दै विद्यालयले खुशी जनाएको छ ।

विद्यालयसँग निरन्तर जोडिरहन देश तथा विदेशमा रहनु भएका सहपाठी मित्रहरु सामाजिक संञ्जालमा जोडिएर विद्यालयसंग सहकार्य गरेर रकम जम्मा गरी जगदम्बा माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाई बार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यले अक्षयकोषको स्थापनार्थ रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

तपाइको मत