fbpx

थारु संस्कृती जोगाउने पोषाक

थारु संस्कृती जोगाउने पोषाक

भिमा कंडेल, ठाकुरबाबा । पछिल्लो समय थारु समुदायहरुको मौलिक लोक संस्कृतीको जर्गेना गर्न ठाकुरबाबा नगरपालिका वडा नम्बर १ ले चासो देखाएको छ । युवा पुस्तामा परम्परागत मौलिक लोक संस्कृती हस्तारण गर्न वडा कार्यालयले सांस्कृतीक सामाग्री वितरण गरेको छ ।

ठाकुरबाबा नगरपालिकामा विशेष गरी थारु समुदायको बाहुल्यता रहेको हुँदा युवा पुस्ताले आफ्नो मौलिक कला संस्कृतीमा विशेष ध्यान दिन आवश्यक रहेको ठाकुरबाबा नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष श्यामलाल थारुले बताउनु भयो । हामीले ५० हजार बरावरकोे साँस्कृतिक पोषाकहरु हस्तान्तरण गरेका छौं । युवा पुस्तालाई आफ्नो मौलिक संस्कार भुलेर आधुनिकतामा नलाग्न थारुको आग्रह छ ।

चाडपर्व, मेला महोत्सवमा पौराणीक पोषाक, गरगहना महत्वपुर्ण मानिन्छ । यस अघि ठाकुरबाबा नगरपालिकाको कुनै पनि वडामा यी मौलिक तथा पौराणीक गरगहना र पोसाक नभएकाले यसको अभाव हुन नदिन सांस्कतीक सामाग्री वितरण गरेकोभन्दै राष्ट्रि«य लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष खगेन्द्र खनालले खुसी व्यक्त गर्नुभयो ।

मौलिक कला संस्कृती जोगाउन अग्रसर भएर झण्डै एक दशक काम गरिरहदा कुनै पनि संघसस्था तथा स्थानीयतहले सहयोग नगरेको तर यस पटक ठाकुरबाबा नगरपालिका वडा नम्बर १ ले आफुलाई सांस्कृतीक सामाग्री वितरण गरेर सहयोग गरेको खनालको भनाई छ ।
ठाकुरबाबा नगरपालिका खेलकुद तथा सांस्कृतीक क्षेत्रमा अघि बढ्दै गएकोले यसलाई अझै अगाडी बढाउन आवश्यक सामाग्री उपलब्ध गराउन आफु सधैं अग्रसर भएर लाग्ने नगर उपप्रमुख कृष्ण कुस्मा थारुले बताउनुभयो ।

यसैबिच नागरिक सेवा समाज भुरिगाउँलाई पनि रु ५० हजार बरावरको सामाग्री वितरण गरिएको वडा अध्यक्ष श्यामलाल थारुले जानकारी दिनुभयो । थारु समुदायमा रहेको पुरानो संस्कृती नरहर खेल्ले सर्पदंशमा आवश्यक पर्ने सामाग्री वितरण गरिएको थारुले बताउनुभयो ।

गाउँघरमा सर्पले टोक्दा स्थानीय गुरुवाइ गर्ने परम्परा थारु समुदायमा अझै कायमै रहेकोले यसले कानुनी मान्यता नपाए पनि सामाजिक मान्यता भने पाएको यहाँले बताउनुभयो । सर्पले टोक्दा गुरुवाइ गर्दा आवश्यक पर्ने झण्डै ५० हजार बराबरको सामाग्री नागरिक सेवा समाजका अध्यक्ष साधुराम थारुलाई हस्तान्तरण गरिएको हो ।

तपाइको मत