‘विकास प्रेमी युवाद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रक्त संकलन‘
- मंगलबार असोज ४ , २०७९
मुरली गोडिया, गुलरिया । संविधान दिवसको अवसरमा गुलरियामा अयोजित बृहत रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गर्नु भएको छ । विकास प्रेमी युवा समूह गुलरिया नगर कमिटीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र युथ ब्लड डोनर्स, गुलरियाको समन्वयमा सोमबार बृहत रक्तदान कार्यक्रम गरिएको थियो ।

संविधान दिवसका अवसरमा बर्दियाको गुलरियामा भएको बृहत रक्तदान कार्यक्रम विभिन्न क्षेत्रमा कार्यरक्त व्यक्तिहरुले रक्तदान गर्नु भएको छ । विकास प्रेमी युवा समूह गुलरिया नगर कमिटी गुलरियाले राधाकृष्ण चोकमा गरेको रक्तदान कार्यक्रममा स्थानीय युवा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, ब्यवसायी लगायतका ब्यक्तित्व हरुको सक्रिय सहभागितामा ५१ पिन्ट रक्त संकलन गरिएको विकास प्रेमी युवा समूह गुलरिया नगर कमिटी अध्यक्ष महेमुद सिद्दिकीले जानकारी दिनुभयो ।

रक्तदान शिविर सञ्चालन गर्नाले स्वास्थ्य प्रति संवेदनशीलता एवम् नियमित स्वास्थ्य परीक्षणको आवश्यकता तथा रगत दानले कसैको ज्यान जोगिने सचेतनाको समेत बोध हुने आयोजक संस्थाको अपेक्षा छ । रगतको अभावमा ज्यान जानबाट बचाउन रेडक्रससंगको सहकार्यमा रक्तदान शिविरको आयोजना गरिएको थियो । स्थानीय युवा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, ब्यवसायी लगायतको सक्रिय सहभागिता रहेको बृहत रक्तदान कार्यक्रम आयोजक विकास प्रेमी युवा समुहका गुलरिया नगर कमिटि अध्यक्ष महेमुद सिद्दिकीको अध्यक्षतामा सम्पन्न भएको हो ।
