सुसेली सहकारी संस्था राजापुर–गेरुवाको नाफा सार्वजनिक
- सोमबार असोज ३ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा रहेको सुसेली बहुमुखी सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मर्यादित श्रम र प्रविधिमा सहकारी भन्ने राष्ट्रिय मूल नाराका साथ वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा सहकारीले गरेको नाफा सार्वजनिक गरिएको छ ।
कार्यक्रमलाई संबोधनगर्दै राजापुर नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मनकला चौधरीले व्यवसायिक दुग्ध उत्पादक किसानहरुको आर्थिक विकासका लागि प्रतिलिटरमा २ रुपैया प्रोत्साहन दिने गरेको वताउनु भयो । सहकारी विकासको खम्बा भएको वताउदै उहाँले संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकारले पनि सहकार्य गरिरहेको वताउनु भयो । राजापुर क्षेत्रमा स्थापना कालदेखि नै किसानको पक्षमा संघर्ष गर्दै यो सहकारीले १५ औ वार्षिक साधारण सभामा प्रगति गरेको देख्दा आफु पनि खुशी भएको भन्दै विकासको मेरुदण्डको रुपमा सहकारीलाई लिन सकिनेभन्दै शेयर पूजिँ विस्तारगर्दै दुग्ध उत्पादनमा आत्म निर्भरहुँदै अगाडि बढ्नु पर्ने कार्यक्रमका विशिष्ट अतिथि चिन्तामणी आचार्यले वताउनु भयो । संस्थाले सहकारीको विकासमा सहयोग पु¥याउने विभिन्न विधाका ६ जनालाई सम्मानित गरेको छ ।
संस्थाका शेयरधनी राम प्रसाद चौलागाईले दुग्ध खरिद संस्था तथा सहकारीले उत्पादन लागत अनुसार मूल्य दिनु पर्ने वताउनु भएको थियो । सहकारी बलियो भए स्थानीयको जीवन स्तर उठ्ने भन्दै चौलागाइले किसानलाई प्रविधिसँग जोड्नु पर्ने, सहुलियत ऋण उपलब्ध गराउदै युवा शक्तिलाई परिचालन गर्ने योजना राज्यले गर्नु पर्ने वताउनु भएको थियो । २ सय १५ जना शेयरधनी रहेको सुसेली बहुमुखी सहकारी संस्था लिमिटेडले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको १६ वटा वडामा कार्य क्षेत्र बनाएर काम गरिरहेको संस्थाले दुध संकलन र बिक्रि, २ सय किसानलाई किसान कार्ड प्रदान, मलखादको कारोवार, दैनिक वचत तथा ऋण लगानी गर्ने गरिरहेको छ ।
सहकारीले पशु पालक किसानहरुको पशु विमाकालागि ८० प्रतिशत संघीय सरकार १० प्रतिशत स्थानीय सरकारले र किसानले व्यहोर्ने १० प्रतिशत रकम सहकारीले व्यहोरेको अध्यक्ष टीकाराम रेग्मीले वताउनु भयो । १ करोड ३४ लाखको कारोवार गरेको संस्थाले ५ लाख ९३ हजार ५ सय ५४ रुपैया १५ पैसा नाफा गरेको छ । कार्यक्रममा कोहलपुर दुग्ध विकास परियोजनाका अधिकृत अर्जुन पन्थी, कृषि विकास बैक राजापुरका प्रतिनिधि कपिल सिग्देल लगायतले संस्थाको प्रगतिका लागि शुभकामना दिनु भएको थियो । सहकारीका उपाध्यक्ष कृष्णचन्द्र चौलागाईले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक भूमि आचार्यले गर्नु भएको थियो ।