fbpx

केदार गजुरेलको काठे लोकदोहोरी बजारमा

केदार गजुरेलको काठे लोकदोहोरी बजारमा

काठमाडौँ । गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको’ बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा आएको छ । नागबेली मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

गायक केदार गजुरेलले आफुले दर्शकहरुले आफ्नो गीत मन पराउनेमा विश्वस्त रहेको बताए । “मैले ’बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा ल्याएको छु । दर्शक एंव स्रोताहरुले मन पराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।“

गायक केदार गजुरेलको शब्द रहेको उक्त गीतलाई बिष्णु तामाङले संगीत र संगीत संयोजन गरेका हुन । भिडियोलाई सुमन तामाङले छायाङ्कन, नारायण मगरले सम्पादन र महेश नेपालले निर्देशन गरेका हुन ।

भिडियोमा केदार न्यौपाने, मन्दिरा तिमल्सिना, केदार गजुरेल, रमेश राउत, कुमार गजुरेल, देवराज सिम्खड, सुनिता गजुरेल, मेनु थापा, सन्तलि गजुरेल् सरिता खड्का, गीता दाहाल, तुल्सा, जानुका काफ्ले, पुरुसोतम थापा, यदु कोइराला, पुन्य सापकोटा, दिपक चौलागाई, राजु चौलागाई, डि.भि थापा दिनेश लगायतलाई देख्न सकिन्छ ।

तपाइको मत