वडाको सहयोगमा नेपाल राष्ट्रिय माबिमा बाल दिवस कार्यक्रम
- बुधबार भदौ २९ , २०७९
हरिवंश पाण्डे, बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ मा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा राष्ट्रिय बाल दिवस विविध कार्यक्रमसहित मनाईएको छ । दिवसकै अवसरमा बाल अधिकारका बारेमा सचेतना गराउने उद्देश्यले व्यानर प्लेकार्ड सहित स्थानीय बजार परिक्रमा गरी विद्यालयको माध्यमिक तहका बालवालिका बिच वक्तृत्वकला र आधारभूत तहमा चित्रकला प्रतियोगितागर्दै बालदिवस मनाईएको हो ।
ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ को आर्थिक सहयोगमा विद्यालयमा रहेको बाल क्लबले विद्यालयमा बाल दिवसको अवसरमा विविध कार्यक्रममको आयोजना गरेको हो । बाल क्लबका अध्यक्ष अम्मन् थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ का वार्ड अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा चौधरी रहनु भएको थियो भने अथितिमा ठाकुरबाबा नगर कार्यपालिका सदस्य सावित्रा थापा, वार्ड सदस्यहरू, शिक्षक अभिभावक संघका संयोजक जगत रिजाल, छिमेकी विद्यालय कौशल्यावरी प्राविका प्रधानाध्यापक शान्ति प्रसाद शर्मा र पृथ्वी प्राविका प्रधानाध्यापक दिलु केसी अतिथिको रूपमा रहनु भएको थियो ।
वक्तृत्वकला र चित्रकला प्रतियोगीतामा सहभागी भै उच्च स्थान ल्याउने प्रथम, द्वितीय, तृतीय र चौथो स्थानमा प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रमका सहभागीहरुलाई कक्षा ९ मा अध्यनरत विद्यार्थी कृत्तार्थ रिजालले स्वागत मन्तब्य सहित स्वागत गरेका थिए भने विद्यालयका प्रधानाध्यापक बामदेव ढकालले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राधा चौधरीले राष्ट्रिय बाल दिवसको अवसरमा शुभ कामना दिँदै कार्यक्रमको आयोजना गर्ने बाल क्लबलाई धन्यवाद दिनु भएको छ । कार्यक्रम कक्षा १० मा अध्यनरत विद्यार्थी मिलन थारुले सञ्चालन गरेका थिए ।