fbpx

ठाकुरबाबा नगरमा डेंगी रोगको लार्भा नष्टगर्ने अभियान शुरु

ठाकुरबाबा नगरमा डेंगी रोगको लार्भा नष्टगर्ने अभियान शुरु


भिमा कंडेल, बर्दिया । पछिल्लो समय महामारीको रुपमा फैलिरहेको डेंगी रोगको रोकथामका लागि ठाकुरबाबा नगरपालिकामा सचेतनासहित सरसफाई कार्यक्रम सन्चालन गरिएको छ । मंगलबार ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिकाको मुख्य बजार भुरिगाउँमा सरसफाईगर्दै डेंगीको लार्भा नष्ट गर्ने अभियान शुरु गर्नुभएको छ ।

बजार क्षेत्रभित्र रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जमेको टायर, ड्रमहरुमा फिनायल, सोडा लगायतका बिषादी छर्केर डेंगुका लार्भा नष्ट गर्ने कार्य गरिएको पालिकाले जनाएको छ । रोग नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय अभियान अनुरूप यसको रोकथामका लागि सम्पूर्ण वडा बासीलाई जागरुक बनाउने उद्देश्यले वडाका विभिन्न टोलहरुमा सूचनामूलक जानकारी उपलब्ध गराउने कार्यक्रम समेत गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाले सम्पुर्ण नगरवासीलाई आफ्नो घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्न तथा घर आगन सफासुग्घर राख्न आग्रह गरेको छ । रोग लाग्न दिनु भन्दा रोग लान्न नदिनु नै उत्तम उपाय भएकाले नगरवासी सम्पुर्णलाई समय मै सचेत रहन ठाकुरबाबा नगरपालिका बर्दियाद्वारा नगरबासीहरुमा अनुरोध गरिएको छ ।

तपाइको मत