शारदा बहुमुखी क्याम्पस बढैयाको संचालक समितिमा त्रिपाठी
- बुधबार भदौ २९ , २०७९
दलबहादुर सुनार/ज्ञानेन्द्रराज पोख्रेल, बढैयाताल । मैनापोखर शारदा बहुमुखी क्याम्पस बढैयातालको संचालक समितिको अध्यक्षमा प्रेमराज त्रिपाठी सहित संचालक समिति सर्बसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न क्याम्पस ब्यवस्थापन समितिको साधारण सभाले प्रेमराज त्रिपाठीको अध्यक्षतामा आठ सदस्यीय संचालक समिति सर्बसम्मत चयन गरेको हो ।
भदौ २१ गते बसेको साधारण सभाले निर्धारण गरेको निर्वाचन तालिका अनुसार बुधवार सम्पन्न निर्वाचन प्रकृया बमोजिम आठ जना प्रत्यक्ष र चार जना संचालक समितिले मनोनित हुने ब्यबस्था भए अनुसार प्रत्यक्ष तर्फ निर्बिरोध कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा शिवहरी पौडेल, कोषाध्यक्षमा गोबिन्द त्रिपाठी, सदस्यहरुमा चन्द्रकला त्रिपाठी, साबिर हुसेन खाँन, जानकी चौधरी, भक्तराम थारु र रामशाही चौधरी रहेको संचाल समितिले जनाएको छ । शारदा बहुमुखी क्याम्पसको निर्वाचन तालिका अनुसार आवश्यक संख्या भन्दा बढी कुनै पनि पदमा उम्मेदवारी नपरेपछि तिन बर्षे कार्यकालका लागि संचालक समिति निर्बिरोध चयन भएको जनाईएको छ ।