fbpx

ठाकुरबाबामा संचालित अटोरिक्साले बढी भाडा लिन नपाउने

ठाकुरबाबामा संचालित अटोरिक्साले बढी भाडा लिन नपाउने


भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरपालिकामा संचालित अटोरिक्साहरुले नगरले तोकेको भन्दा बढी भाडा उठाउन नपाउने भएका छन् । नगरपालिका र अटो संचालकहरु बिच गरिएको अन्र्तक्रियाबाट भाडा दर भन्दा बढी रकम यात्रुसँग लिन नपाउने निर्णय गरिएको छ ।

ठाकुरबाबा नगरपालिका भित्र सञ्चालन हुने बिद्युतिय ई रिक्सा र अटो रिक्सा संचालकसँग ठाकुरबाबा नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार ठाकुरबाबामा रहेका अटो रिक्सा संचालकहरुसँग रिक्सा पार्किङ्क, तथा भाडादर निर्धारण सम्बन्धमा छलफल गरिएको हो । आगामी १० दिन भित्र प्रतिवेदन पेश गर्ने गरी ७ सदस्यीय कार्यदल गठन समेत गरिएको पालिकाले जनाएको छ ।

यस अघि पनि अटो रिक्साले आफुखुसी भाडा उठाउने गरेकोले ठाकुरबाबा नगरपालिकाले ठाउँ अनुसारको अटो भाडा दर निर्धारण गरेको थियो । सोमबार गठित कार्यदलको प्रतिवेदनको आधारमा ठाकुरबाबा नगरपालिका भित्रका सम्पुर्ण अटो रिक्साको व्यवस्थापन गर्ने निर्णय गरिएको छ । पालिकाले तोकेको ठाउँ भन्दा बाहिर पार्किङ गरे अथवा तोकेको भन्दा बढि भाडा उठाईए कारवाही हुने नगरपालिकाले जनाएको छ ।

तपाइको मत