बाघबाट जोगिन बढैयातालको जनतानगरमा झाडी सफाई
- आइतबार भदौ २६ , २०७९
दलबहादुर सुनार, बढैयाताल । स्थानियलाई बाघ वाट जोगाउन जनतानगरको बन क्षेत्रमा झाडी सरसफाई गर्ने कार्य गरिएको छ । बढैयाताल गाउँ पालिका वडा नम्बर ९ को पहलमा बन्यजन्तु बाघबाट स्थानियको सुरक्षाको लागि झाडी सफाई कार्यलाई तिब्रता दिईएको हो ।
सामुदायिक बन क्षेत्रमा दिउँसै बाघ देखिन थालेपछि स्थानियलाई सुरक्षित राख्न जनतानगर बनक्षेत्रको सडक किनारमा झाडी सफाई गर्ने कार्य अघि बढाईएको हो । भदौ ९ गते जनता नगर क्षेत्रमा डमरु सहितको बाघ देखा परेपछि त्रसित भएका स्थानियको दवाबमा बढैयाताल गाउँपाकिा वडा नं. ९ को आयोजनामा सरोकार वालाहरु संग अन्तरक्रियागर्दै सुरक्षाको लागि झाडी सरसफाई गर्ने निर्णय भएको थियो । सरोकारवालारुको भेलाको निर्णय अनुसार सामुदायिक बनका उपभोक्ताहरुको सक्रियतामा भदौ २१ गते बाट वाटोको किनार देखि १० मिटर सम्म झाडी सफाई कार्यसुरु भएको वडाले जनाएको छ ।
वडा कार्यालयको पहल तथा डिभिजन बन कार्यालय बर्दियाको प्राबिधीक सहयोगमा, बाघ ओहोर दोहोर गर्ने सम्भाबित ठाउँमा सि.सि.टि.भी. राखेर हेर्दा हल्ला अनुसारको पाटे बाघ नभएको तर चितुवा बाघ देखिएको वडा नं ९ का वडा अध्यक्ष बिर बहादुर थारुले जानकारी दिनु भएको छ ।
जनता नगरमा बाघ देखिएको समाचार बाहिर आएपछी स्थानिय सरकार र अन्य सरोकारवालाले सुरक्षा प्रति चाँसो देखाएको बताउदै एक दुई साता अघि देखिएको बाघ अहिले देखिन छाडेको छ । झाडी सफाई भएपछी स्कुल जाने बिद्यार्थी र मुजदुरहरु लाभान्वित भएका छन् । जनता नगरमा देखिने उक्त चितुवा बाघ अहिले शक्तिनगरमा देखिएको र एक हप्ताको बिचमा दुईवटा बंगुर लगेको बताईएको छ । किसानले पालेका बाख्रा र बंगुर बाघको आहारा बनेको हुदा यहाँका स्थानिय किसान पिडित भएको वडा सदस्य बिष्णु थारुले जानकारी गराउनु भएको छ ।