fbpx

गैडा गणनाका मृतक माउतेका परिवारलाई राहत

गैडा गणनाका मृतक माउतेका परिवारलाई राहत

भिमा कंडेल, ठाकुरबाबा । भुरिगाउँमा केन्द्रिय कार्यालय रहेको हाम्रो मध्यवर्ती राधाकृृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेले राहत वितरण गरेको छ ।


हाम्रो मध्यवर्ती राधा कृष्ण बचत तथा ऋण सहकारी संस्थाको ठाकुरद्धारा सेवा केन्द्रले बाघको आक्रमणमा परी ज्यान गुमाएका पुलिसराम चौधरीको परिवारलाई नगद १० हजार रुपैया हस्तान्तरण गरेको अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो ।
राष्ट्रिय निकुञ्जको मातहतमा रहेको हात्तीसारका माउते चौधरीलाई चैत २२ गते गैडा गणनाका क्रममा बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

ठाकुरबाबा नगरपालिका ९ बुटकौका मृतक चौधरीको परिवारलाई सहयोग स्वरुप हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाको ठाकुरद्धारा सेवा केन्द्रका व्यवस्थापन उपसमितीका संयोजक जय बहादुर बम, ऋण अधिकृत जगत रिजाल, संन्चालक समितीका सदस्य जानकी थापा खड्का सहितको टोलीले राहत हस्तान्तरण गरेको अध्यक्ष न्यौपानेको भनाई छ ।

गैँडा गणना गर्न गएको टोलीमा रहेका माउते चौधरीको आइतवार बेलुका निकुञ्ज भित्र गैँडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । यसअघि चैत ३ गते पनि यसै क्षेत्र आसपासमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो ।

तपाइको मत