fbpx

नेता विनय रावलको निम्तोमा भारतीय राज्यमन्त्री नेपाल आउँदै

नेता विनय रावलको निम्तोमा भारतीय राज्यमन्त्री नेपाल आउँदै


मुरली गोडिया, गुलरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता तथा बरिष्ठ समाजसेवी विनय रावलको निम्तो मान्न भारतीय नेता आईतबार नेपाल आउँदै छन् । भारतको उत्तर प्रदेश सरकारका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापति एक दिने भ्रमणको लागि रावलको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

प्रजापतिसँग नेपाल भारत द्धिपक्षीय सम्बन्धबारे कुराकानी हुने नेता रावलले जानकारी दिनु भएको छ । नेपाल र भारतबीच भारतको उत्तरप्रदेसँग सीमा जोडिएकाले बर्दियाको बिकासमा उत्तर प्रदेश सरकारले महत्वपूर्ण भूमिका निभाउन सक्ने रावलको विस्वास छ । बर्दियाको कृषि, पर्यटन, जैविक विविधता, स्वास्थ्य, शिक्षा र नेपाली व्यापारी विशेषगरि बर्दियाका व्यवसायीहरूले भारतसँग व्यापार गर्दा पाएका समस्या लगायतका विषयमा सम्बोधन गराउने तर्फ उत्तर प्रदेशका राज्यमन्त्री प्रजापतिको ध्यानाकर्षण गराउने पनि रावलले जानकारी दिनुभयो ।

भ्रमणको दौरान मन्त्री प्रजापतिले काठमाडौं स्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । रावल आगामी मंसिर ४ गते हुने निर्वाचनमा राप्रपाबाट बर्दिया २ प्रतिनिधिसभाको लागि चुनाव लड्दै हुनुहुन्छ । रावलले बर्दियाको समग्र विकासको लागि आफ्नो एजेण्डा पनि अघि सारेको बताउनु भएको छ ।

तपाइको मत