fbpx

बर्दियाका प्रहरीलाई तिन दिने हतियार ह्याण्डलिङ तालिम

बर्दियाका प्रहरीलाई तिन दिने हतियार ह्याण्डलिङ तालिम


चुरेकुञ्ज गुलरिया । आगामी मंसिर ४ गते हुने प्रदेस सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजरगर्दै जिल्ला प्रहरी कार्यालय बर्दिया तथा ईलाका प्रहरी कार्यालय राजापुर मातहतका कार्यरत प्रहरीहरुलाई हतियार ह्याण्डलिङ तालिम दिईएको छ ।

जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्म सहभागी अनुशिक्षण तालिम मंगलवार सकिएको छ । प्रहरी नायव उपरिक्षक हिक्मत बहादुर बोहराको प्रमुख आतिथ्यतामा जिप्रका बर्दिया र राजापुरको सभाहलमा शुरु गरिएको तालिममा जुनियर प्रहरी अधिकृत, प्रहरी बरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक निरिक्षक, प्रहरी जवान सहभागी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीसँग नयाँ हतियार भएकाले हतियारहरु खोल्ने, जोड्ने लगायतका विधिहरु तालिममा सिकाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मत बहादुर बोहोराले बताउनु भयो । तालिममा ५.५५ एमएम, ईनसास, ५.५६ एमएम एलएसडब्लु एसएमजी लगायतका हतियारका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका हौं । प्रहरी निरिक्षक जीवराज थापाको नेतृत्वमा हतियार सम्बन्धी तालिम आयोजना भएको डिएसपी बोहराले जानकारी दिनुभयो ।

तपाइको मत