fbpx

ठाकुरबाबा नगरमा आर्थिक अभावमा शिक्षाबाट बञ्चित हुन नपर्ने

ठाकुरबाबा नगरमा आर्थिक अभावमा शिक्षाबाट बञ्चित हुन नपर्ने


भिमा कंडेल, बर्दिया । ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखले १३ बुँदे घोषणा पत्र सार्वजनिक गर्नुभएको छ । ठाकुरबाबा नगरपालिकामा बसोवास गर्ने कुनै पनि नागरिकका छोराछोरी आर्थिक अभावमा शिक्षा लिनबाट बञ्चित हुन नदिने उद्देश्यले घोषणा पत्र सार्वजनिक गरिएको हो ।

दिवसका अवसरमा आर्थिक वर्ष ७८÷७९ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालय तथा अध्ययनरत विद्यार्थी, १२ औँ राष्ट्रिपति रनिङ सिल्ड प्रतियोगितामा जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडी र पदाधिकारी, ४४ आँै राष्ट्रिय एथलेटिक्स च्याम्पियन, छैटौं राष्ट्रिय खो–खो प्रतियोगितामा पदक जित्ने खेलाडी तथा पदाधिकारी, उत्कृष्ट शिक्षक तथा विद्यालय कर्मचारी, सेवा निबृत्त शिक्षक, उत्कृष्ट विद्यालय तथा व्यवस्थापन समिती लगायत नगरपालिकाको शिक्षा क्षेत्रमा विभिन्न सहयोग गर्ने सरकारी तथा गैर सरकारी संघ सस्थाहरुलाई सम्मान गरिएको छ । विद्यालय सुधार गर्न नगर सरकार लागि परेकोले सबै अभिभावकले उक्त कार्यमा सहयोग गर्न प्रमुख तथा उपप्रमुखले आग्रह गर्नु भएको छ ।


विद्यार्थी र शिक्षकको गहना अनुशासन भएको भन्दै यस तर्फ ध्यान दिन नगर प्रमुखले अनुरोध गर्नुभएको छ । ५६ औ अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस समारोह २०७९ कार्यक्रम ठाकुरबाबा नगरपालिकाका प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष तिलक राम लम्सालको अध्यक्षता गरिएको हो । कार्यक्रममा उपप्रमुख विना कुमारी भट्टराई, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिधालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, अभिभाबक, विद्यार्थी तथा नगरपालिकाको समग्र शिक्षा क्षेत्रमा सहयोग गर्ने सरकारी तथा गैरसरकारी सस्थाका प्रमुख तथा प्रतिनिधिसहभागी थिए ।

तपाइको मत