fbpx

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौै । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पारिवारिक शोक परेकाले सोमबार दिउँसो दुई बजेका लागि बोलाइएको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

पौडेलका माइला भाइ गोविन्दराज पौडेलको सोमबार निधन भएको थियो । बैठकमा पेश गर्ने एजेन्डाबारे आइतबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बसेको थियो। आजको बैठकमा पार्टी महाधिवेशनबारे छलफल गर्ने एजेण्डा थियो ।
अर्को बैठक तय भएको छैन ।

तपाइको मत