लोकतान्त्रिक समाजवादी पार्टी बर्दियाको उम्मेदवार सिफारिस
- बुधबार भदौ २२ , २०७९
चुरेकुञ्ज, गुलरिया । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेस सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ । लोसपा जिल्ला कार्यसमिति बर्दियाको वैठकले निर्णयगर्दै उम्मेदवारको नामावली सिफारिस गरेको हो ।
बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर १ प्रत्यक्षबाट महेन्द्र किशोर झा, प्रदेस १ (ख) मा सुरेश कुमार शुक्ला, प्रतिनिधि सभा क्षेत्र नम्वर १ समानुपातिक बाट केशव कुमार यादव, कीर्तिनाथ यादव र ममता बंजाराको नाम सिफारिस भएको लोकतान्त्रिक समाजवादी पार्टी बर्दियाका अध्यक्ष सुरेश कुमार शुक्लाले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेस सभा समानुपातिक तर्फ पुनम शुक्ला (मधेसी महिला), ममता बंजारा (जनजाती), केशरानी रैदास (दलित महिला), निशा यादव (मधेसी महिला), लक्ष्मी गुप्ता (मधेसी महिला) को नाम सिफारिस भएको हो । प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर २ प्रत्यक्ष तर्फ अनिरुद्ध आर्यको नाम सिफारिस भएको जिल्लाध्यक्ष शुक्लाले जानकारी दिनु भएको छ ।