कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै
- सोमबार चैत ३० , २०७७
काठमांडौ । नेपालमा कोरोनाभाइरसका कारण सोमबार एकै दिन ५५९ जना नयाँ संक्रमित थपिएका छन् । ४,३७८ जनाको ७२७ एन्टीजेन परीक्षण गरिएकोमा यस्तो तथ्यांक देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर जम्मा संक्रमित संख्या २ लाख ८० हजार ५२४ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । कोरोनाको नयाँ भेरिएन्टले नेपालमा पनि असर पार्ने खतरा विज्ञहरुले औँल्याएका छन् । उनीहरुका अनुसार नयाँ भेरिएन्टको असर पहिलेभन्दा बढी हुनसक्नेछ । पछिल्लो समय भारतमा व्यापक रुपमा कोरोनाको असर देखिँदा स्थल सीमाबाट नेपाल प्रवेश गर्ने क्रम पनि बढेको छ ।
साथै भीडभाड पनि उत्तिकै बढ्दा कोरोना संक्रमण फैलिनसक्ने भन्दै सचेत गराइएको छ । नेपाल सरकारले भने भीडभाड नगर्न, सामाजिक दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्न आग्रह गर्दैआएको छ ।