उद्यम उन्मुखबन्दै युवा महिला
- बुधबार भदौ २२ , २०७९
चुरेकुञ्ज, गुलरिया । गाउँकै विद्यालयमा जेनतेन फलामे ढोका एसईई पास गरी उच्च शिक्षा अध्ययनका लागि नेपालगञ्ज पुगे । घरमा चरम गरिबीको चपेटा । परिवारमा आमा र म । अध्ययन अघि बढाउन सकिन । चरम आर्थिक अभावले पढाई छोड्नु पर्यो । वकिल बन्ने सपना थियो तुहियो । अब कुशल उद्यमी बनेर जिउने कल्पना गरेकी छु । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १२ की सरस्वती थारुले आर्थिक अभावमा पढ्न नपाएको पिडा सुनाईन् ।
सपना बोकेर मात्र हुँदो रहेनछ । मजबुरीले पढाई छोंडे । वुवाले अर्कि आमा लिएर घरै छाड्नु भयो । हामीप्रति कुनै वास्ता गर्नुहुन्न । आमालाई सम्हालेर वसेकी छु । उनले भनिन बाँके युनेस्को क्लवले दिएको ब्यवसायिक शीप बिकास तालिम मार्फत संस्थाकै सहयोग लिएर कम्प्युटर पसल खोल्छु । ब्यवसाय नगरी जीवन अगाडी बढेन । सरस्वतीले थपिन् नत पढ्न सके । अब ब्यवसाय गर्छु, सानो टुक्रा जमिन छ खेती गरेरै बस्ने सोंच बनाएकी छु ।
बबई बहुमुखी क्याम्पस गुलरियामा अध्ययनरत आशा कुमारी थारुको पनि उद्यम गरेरै परिवारको आर्थिक सुदृढिकरण गर्ने मेसो छ । शीप बिकास तालिमले जिविकोपार्जनमा टेवा पुग्नेमा थारु ढुक्क छिन् । उनले भनिन् आफ्नै खुट्टामा उभिने आत्मविस्वास तालिमले दिएको छ । गरिबीका कारण अभावयुक्त जीवन झेल्नु परेको छ । उद्यम गरेर आर्थिक अवस्था सुदृढ पार्छु उनले दृढता ब्यक्त गरिन् । क्यम्पसकै अर्की विद्यार्थी आकृति चौधरीले परियोजना मार्फत अवसर पाएको बताईन् । जिविकोपार्जन गर्ने सवालमा उचित ज्ञान प्राप्त गरेको आकृतिको भनाई छ ।
क्लवको पर्ल परियोजना अन्र्तगत १८ देखि २४ बर्ष उमेर समूहका युवा महिलालाई ब्यवसायीक शीप बिकास तालिम दिईएको बाँके युनेस्को क्लवका अध्यक्ष रवि कुमार तुलाधरले बताए । उद्यमशील तालिममा सहभागी हुने सबै, उद्यमी, ब्यवसायी बनेपनि पढाई नछाड्न आग्रहगर्दै उनले भने प्लान ईन्टरनेशनल नेपालको सहयोगमा तालिम दिएका १२० जना महिला मध्ये ६० जना महिलालाई रोजगारीको अवसर दिलाई ब्यवसाय शुरु गराउँछौ । तुलाधरले थपे २१ महिना सम्म संचालनमा रहने परियोजनामा विपन्न महिलाहरुलाई लक्षित गरेका छौं । त्यस्ता महिलाको पहिचान गरी सशक्तपार्दै जिविकोपार्जनमा सहयोग गर्छौ ।