fbpx

राजापुरका मुक्तकमैयाका बालबालिकालाई शैक्षिक सामाग्री

राजापुरका मुक्तकमैयाका बालबालिकालाई शैक्षिक सामाग्री


मिन अधिकारी, राजापुर । राजापुर नगरपालिका अमर शहिद दशरथ चन्द माध्यामिक विद्यालयमा अध्ययनरत मुक्त कमैया बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गरिएको छ । कमैया महिला जागरण समाज नेपालद्वारा सञ्चालित नेपालमा कृषिमा आधारित बधुवा प्रथाको अन्त्य परियोजना अन्तरर्गत ४४ जना मुक्त कमैयाका बालबालिकाहरुलाइ शैक्षिक सामाग्री उपलब्ध गराईएको हो ।

राजापुर नगरपालिका वडा न. ३ र ४ का ६ देखि १० कक्षा सम्म अध्यनरत बालबालिकाहरुलाइ सामाग्री वितरण गरिएको छ । छात्रावृत्ति वितरणगर्दै कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले गुणस्तरिय शिक्षा पाउने सबै बालबालिकाको अधिकार रहेकाले गुणस्तरिय शिक्षाको लागी राम्रो वातावरण तथा उचित शैक्षिक सामाग्रीको व्यवस्थापन भएमा बालबालिकाहरुले गुणस्तरिय शिक्षा पाउने बताउनु भयो । सबै क्षेत्रका बालबालिकाहरुले सहज वातावरणका लागि १ देखि १२ कक्षा सम्म निःशुल्क शिक्षा नगरपालिकाले लागु गरेको छ । जसमा संघसंस्थाले पनि सहयोग पुर्याउँदै आएको प्रति धन्यवाद दिनु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि मुक्त कमैया नेपालका केन्द्रिय अध्यक्ष विष्णी थारुले राजापुर नगरपालिका र गेरुवा नगरपालिकाका ३ र ९० जना मुक्त कमैयाका बालबालिकाहरुले राम्रो र गुणस्तरिय शिक्षा पाउन भन्ने हेतुले शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम ल्याए अनुरुप राजापुरमा वितरण गरेको बताउनु भयो । गेरुवामा पनि वितरण गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ । नगरस्तरिय मुक्त कमैया समाजका अध्यक्ष जगतराम थारुको अध्यक्षतामा गरिएको कार्यक्रममा शिक्षा शाखा प्रमुख, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष, अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रमकोे सञ्चालन कमैया महिला जागरण समाज नेपालकी सामाजीक परिचालिका सम्झना चौधरीले गर्नु भएको थियो

तपाइको मत