fbpx

मानव बेचबिखन रोकथाम होईन मुक्त गर्नुपर्छ : माईती नेपाल

मानव बेचबिखन रोकथाम होईन मुक्त गर्नुपर्छ : माईती नेपाल


चुरेकुञ्ज, गुलरिया । मानव बेचबिखन रोकथाम मात्र नभई मुक्त हुनुपर्ने माईती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले बताउनु भएको छ । मानव बेचबिखन विरुद्धको १६ औं राष्ट्रिय दिवसको अवसरमा गुलरियामा आयोजित अन्र्तक्रिया कार्यक्रमको खुला शत्रमा संयोजक रिमालले माईती नेपालको अभियान प्रष्टपार्दै सोकुरा बताउनु भएको हो ।

बर्दिया जिल्ला मानब बेचबिखनका दृष्टिले अति नै जोखिमपूर्ण रहेकोले माईती नेपालले सीमाक्षेत्रमा परामर्श डेस्क मार्फत बेचविखन विरुद्धका सचेतना गर्दै आएको प्रष्ट पार्नुभयो । गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखा र माईती नेपालको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो गत बर्षमा माईती नेपालले सीमा क्षेत्रमा ४ सय ७८ जना जोखिमपूर्ण अवस्थामा यात्रा गरीरहेका महिला तथा बालवालिकाहरुलाई संरक्षण एवम् परामर्श दिएको छ । जसमध्ये २ सय ८९ जना १८ बर्ष मुनिका र १ सय ८९ जना १८ बर्ष माथीका छन् ।

जसमध्ये २ जना माथी बेचविखनको मुद्धा समेत चलेको छ । संस्थाको पहलमा भारतको लखनउबाट १ जनाको उद्धार गरिएको छ । ३७ जना उपल जवरजस्ती करणीको मुद्धा चलेको संयोजक रिमालले बताउनु भएको छ । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले संघसंस्थाहरुको पहलमा बेचविखनका क्षेत्रमा उल्लेख्य कार्य भएको बताउँदै बेचविखन न्युनिकरण गर्न सबैले हातेमालो गर्नुपर्ने प्रष्ट्याउनु भयो । बेचविखन तुरुन्तै मुक्त नहुने भएकाले यसलाई नियन्त्रणगर्दै दीर्घकालिन रुपमै मुक्त गर्नुपर्ने प्रजिअ बास्तोलाको भनाई छ ।

गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बेचबिखनको काम नेपालीबाटै भैरहेको तर्फ सचेतपार्दै यसलाई नेपालीले नै मुक्त गर्न सक्ने धारणा राख्नु भयो । सुरक्षाकर्मीहरुको आँखा छलेरै बेचविखनको अपराध हुने गरेको बताउँदै यस्ता अपराध गर्नेहरु सुरक्षाकर्मी भन्दा एक कदम अघि रहेको नगरप्रमुख यादवको भनाई छ । कार्यक्रममा स्थानिय तहका कर्मचारी, गुलरिया नगरपालिकाका सबै वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु विभिन्न संघसंस्था सुरक्षा निकायहरुको उपस्थिती थियो ।

गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख शिला शाहले स्वागत मन्तब्य दिनु भएको कार्यक्रमको खुला शत्रमा सहभागीहरुले आफ्ना विचार राखेका छन् । अन्र्तक्रिया कार्यक्रम गुलरिया नगरपालिकाका आईटी प्रमुख अजय सिंह ठाकुरले संचालन गर्नु भएको थियो । तिनै तहको सरकार मानब बेचविखन विरुद्धको सरोकार भन्ने मूल नारा सहित मानब बेचविखन विरुद्धको १६ औ राष्ट्रिय दिवस मनाईएको हो । दिवसको अवसरमा माईती नेपालले पर्चा, पम्प्लेट वितरणसहित सचेतनागर्दै मानवबेचविखन दिवस मनाएको छ ।

तपाइको मत