स्थानीय निर्वाचनका बाचा पूरा गर्न मुक्तकमैयाहरुको माग
- आइतबार भदौ १९ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा मुक्त कमैया र सरोकारवालावीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय निर्वाचनका समयमा मुक्त कमैयाहरुसँग गरेका लिखित प्रतिवद्धताहरु पुरा गराउन दवाव सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको हो ।
मुक्त भएको लामो समय भै सक्दा पनि आफुहरुको उचित व्यवस्थापन नभएको बताईएको छ । मुक्त कमैयाहरुसँग आश्रित परिवारको आर्थिक, शैक्षिक लगायतका अवस्था खस्कदै गएको विषयमा खवरदारी गर्ने कार्यक्रमको उद्देश्य रहेको थियो । संघीयता स्थापना पछि देशमा बनेका ३ वटा सरकारहरु मध्ये स्थानीय सरकारको आफ्ना समस्या समाधानमा महत्वपूर्ण भूमिका रहने मुक्त कमैया समाजको रहेको छ । अहिले सम्म नेतृत्वबाट आश्वासन बाहेक केही पाउन नसकेको र अष्पष्ट ढिलो अपुरो र अव्यवस्थित पुनःस्थापना विरुद्ध पटक पटक संघर्ष गरेकोले अहिले पनि संघर्षकै क्रममा रहेको कार्यक्रमका अध्यक्ष जगतराम थारुले वताउनु भयो ।
नगर स्तरीय मुक्तकमैया समाज नेपालका अध्यक्ष जगतराम थारुको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथिमा नगर उपप्रमुख मनकला कुमारी चौधरी रहनु भएको थियो । अन्य अतिथिहरुमा मुक्त कमैया समाज नेपालका केन्द्रिय अध्यक्ष विष्णी चौधरी, वडा नं. १ का वडाध्यक्ष बाबुराम चौधरी, वडा नं. ३ का वडाध्यक्ष प्रसादु थारु, वडा नं. ६ का वडाध्यक्ष असराज न्यौपाने, वडा नं. ८ का वडाध्यक्ष राजेश थारु, वडा नं. ९ का वडाध्यक्ष विष्णु थारु सहित विभिन्न वडाका वडासदस्यहरु, पत्रकार, सहभागी थिए ।
सहभागीहरुले बोल्ने क्रममा आफ्ना माग पुरा गर्न स्थानीय सरकारले चाँसो दिनुपर्ने, अन्य मागहरुलाई प्रदेश वा संघीय सरकारमा पहल गरिदिनु पर्ने वताउनु भएको छ । वक्ताहरुले आफुहरुले मुक्त कमैयाहरुको समस्यालाई नजिकबाट बुझेको र जनप्रतिनिधि नहुँदा पनि खवरदारी गरिरहेको बताउदै जायज माग क्रमिक रुपमा पुरा गर्दै जाने तथा स्थानीय सरकारबाट पुरा गर्न नसक्ने मागलाई सरोकारवाला समक्ष सिफारिस गर्ने वताउनु भएको छ ।
मुक्त कमैया समाज नेपालले विभिन्न २३ वुँदे माग राखेर संघर्ष गरिरहेको छ । नगर स्तरीय मुक्तकमैया सञ्जाल नेपालले आयोजना गरेको कार्यक्रममा एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालले सहयोग गरेका थिए ।
उद्घाटन समारोहमा शुभकामना मन्तब्य दिँदै ।