fbpx

जनता समाजवादी पार्टी बर्दियाको उम्मेदवार सिफारिस

जनता समाजवादी पार्टी बर्दियाको उम्मेदवार सिफारिस


चुरेकुञ्ज, गुलरिया । जनता समाजबादी पार्टी (जसपा) बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेस सभा र प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तथा समानुपातिक तर्फको सदस्यको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । जसपा जिल्ला समन्वय समिति बर्दियाले निर्णयगर्दै उम्मेदवारको नाम सिफारिस गरेको हो ।

बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्वर १ को प्रत्येक्ष तर्फ सदस्यका लागि केशवराज पौडेल र रेशम बहादुर खत्रीको नाम सिफारिस भएको बर्दिया जनता समाजवादी पार्टीका युवा ईन्चार्ज एवम् युवा नेता पप्पु यादवले जानकारी दिनुभएको छ । समानुपातिक तर्फ प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट चिरञ्जीवी थारु (जनजाती) र हासिम अलि सिद्धिकी (मुस्लिम) सिफारिस भएका हुन् ।
क्षेत्र नम्वर १ (क) प्रदेस सभा प्रत्यक्ष तर्फ दिप बहादुर शाही र १ (ख) मा कृष्णप्रसाद अहिर तथा मलखे यादव सिफारिस भएका छन् ।

समानुपातिक तर्फ १ (क) मा खसआर्यबाट केशवराज पौडेलको नाम सिफारिस भएको उहाँले बताउनु भयो । प्रदेस सभा सदस्य क्षेत्र नम्वर १ (ख) बाट समानुपातिक तर्फ धनाकुमारी थारु (जनजाती महिला), सुधाकर मिश्रा (मधेसी), निरंकार यादव (मधेसी), मोहम्मद वसिम हलुवाई (मुस्लिम) कोटाबाट सिफारिस भएका हुन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर २ बाट प्रत्येक्षमा कृष्णा थापाको नाम सिफारिस भएको छ । प्रदेस सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्वर २ (क) मा शान्ता पौडेल र २ (ख) मा मोहम्मद नसिम खाँको नाम सिफारिस भएको हो । समानुपातिक तर्फ २ (ख) मा खसआर्यबाट रेणु सिंहको नाम सिफारिस भएको ईन्चार्ज यादवले जानकारी दिनु भयो ।

तपाइको मत