fbpx

निजामती कर्मचारी युनियन स्थापनाको अवसरमा वृक्षारोपण

निजामती कर्मचारी युनियन स्थापनाको अवसरमा वृक्षारोपण


भिमा कंडेल, बर्दिया । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसर पारेर ठाकुरबाबा नगरपालिकामा रहेको शिवपुर स्वास्थ्य चौकी परिसरमा बृक्षारोपण गरिएको छ । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले वृक्षारोपण गर्नुभएको छ ।


“समुन्नत ठाकुरबाबा सबल नगरवासी” बनाउन नगरपालिकाको अभियानमा सम्र्पुण नगरवासीको भुमिका महत्वपुर्ण रहने भएपनि राष्ट्रसेवक कर्मचारीहरुको थप महत्वपुर्ण भुमिका रहेकाले नगरको बिकासका लागि सबै कर्मचारीको साथ र सहयोग गर्न नगरप्रमुख लम्सालले आग्रह गर्नुभयो । बर्दिया जिल्लाभरी रहेका सम्पुर्ण लोकतान्त्रिक विचार बोकेका कर्मचारीहरु एकजुट भएर स्थानीय सरकारलाई सफल बनाउन लाग्न उहाँले अनुरोध गर्नुभयो ।

आफु सधै कर्मचारीको हित चाहने व्यक्ति भएकोले काम गर्ने क्रममा जस्तोसुकै समस्या आएपनि मिलेर समस्या समाधान गर्न सधै तत्पर रहने उहाँको प्रतिबद्धता छ । वुक्षारोपण कार्यक्रममा निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य, नेपाली काग्रेस ठाकुरबाबा नगर सभापति पदम खड्का लगायत जिल्लाभरका निजामती कर्मचारी युनियनसँग आवद्ध कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कर्मचारी युनियन जिल्ला कार्यसमिती बर्दियाका अध्यक्ष दोर्णराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

तपाइको मत