fbpx

आर्युबेद औषधी ब्यवसायी संघको अध्यक्षमा गुप्ता सर्बसम्मत

आर्युबेद औषधी ब्यवसायी संघको अध्यक्षमा गुप्ता सर्बसम्मत


मुरली गोडिया, गुलरिया । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ बर्दिया जिल्ला शाखाको अध्यक्षमा त्रिलोकी नाथ गुप्ता चयन हुनु भएको छ । शनिबार गुलरियामा भएको दोस्रो जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागी पुन गुप्ता सर्वसम्मत चयन हुनु भएको हो ।

दोस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा कुमार प्रसाद थारु, सचिव प्रदीप कुमार श्रीवास्तव, कोषाध्यक्ष मिथलेश कुमार रैदास चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा बलराम गुप्ता, युसुफ अलि शेष र माधव बहादुर थापा चयन हुनुभएको छ ।

पछिल्लो समय आर्युेवेद प्रतिको विश्वास तथा जिल्लामा संचालित सम्पुर्ण आर्युवेद औषाधालय तथा फर्महरुमा एकरुपता ल्याई सवैको हितका लागी कार्य गर्ने नवनिर्वाचित अध्यक्ष गूप्ताले बताउनु भएको छ । गाँउगाँउमा आर्युवेदको नाम लिई अन्य प्रयोजनका औषधीहरु आम जानमानसमा पु¥याइएकाले त्यसले भ्रम सिर्जना गरेको उहाँको गुनासो छ । बर्दिया आयुर्वेद औषधि व्यवसायी संघले यस्तो भ्रमलाई असत्य ठहरगर्ने गरि कार्य गरिने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

तपाइको मत