राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बर्दिया आउँदै
- शनिबार भदौ १८ , २०७९
चुरेकुञ्ज, गुलरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेता बर्दिया आउने भएका छन । राप्रपा बर्दियाले आयोजना गर्न लागेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रिय नेताहरु आउन लागेका हुन ।
बर्दियाको ठाकुरबाबा नगरापलिकाको भुरिगाउ बजारमा भदौ २० गते हुने आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङदेन सहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डाक्टर धवल शम्शेर राणा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका केन्द्रिय नेताहरुको टोली बर्दिया आउने राप्रपा बर्दियाका अध्यक्ष भिमबहादुर बोहोराले जानकारी दिनु भयो ।
आमसभामा करिब हजारौंको संख्यामा उपस्थिती रहने अनुमान रहेको बताउँदै अध्यक्ष बोहोराले तयारी तिव्र पारिएकाले सोमबार हुने आमसभामा बर्दियाबासी राष्ट्रबादी आमा बुवा दाजु भाई दिदि बाहिनीहरुलाई उपस्थितीको लागी अनुरोध गर्नु भएको छ । राप्रपाले सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने, धर्म परिवर्तन गर्ने कार्य बन्द गर्नुपर्ने, संघियता खारेज गर्नुपर्ने, संवैधानिक राजसंस्था पुर्नस्थापना गर्नुपर्ने लगायतको माग राख्दै आएकोले यसको विकल्प नभएको बोहोराको भनाई छ ।