जनताको साथमा कांग्रेस अभियानको तालिका सार्वजनिक
- शुक्रबार भदौ १७ , २०७९
चुरेकुञ्ज, गुलरिया । आगामी मंसिर ४ गते हुने प्रदेस सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षितगर्दै नेपाली काँग्रेस बर्दियाले परिमार्जित कार्यतालिका सार्वजनिक गरेको छ । भदौ १० गते पार्टीले शुभारम्भ गरेको अभियान भाद्र २१ गतेदेखि बर्दियामा संचालन गरिने भएको छ ।
नेपाली कांग्रेसद्वारा घोषित “जनताको साथमा कांग्रेस“ अभियान बर्दिया जिल्लार्मा भाद्र १९ गते देखि संचालन हुने भनिएपनि प्राविधिक कारणले २१ गतेदेखि शुरु गर्न लागिएको नेपाली कांग्रेसका बर्दिया जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरले जानकारी दिनु भएको छ ।
पार्टी सभापति राठौरका अनुसार भाद्र २१ गते मंगलबार प्रदेस सभा क्षेत्र नम्बर २ (ख), भाद्र २२ गते बुधबार क्षेत्र नम्बर २ (क), भाद्र २३ गते बिहिबार क्षेत्र नम्बर १ (क), भाद्र २४ गते शुक्रबार प्रदेस सभा क्षेत्र नम्बर १ (ख) मा गरीने भएको छ । बीपी जयन्तीको अवसर पारेर पहिलो चरणको अभियान समापन हुने उहाँको भनाई छ ।