fbpx

वडा नम्वर ६ गुलरियाको घरघर जाऔं वडा बनाऔं अभियान

वडा नम्वर ६ गुलरियाको घरघर जाऔं वडा बनाऔं अभियान


चुरेकुञ्ज, गुलरिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकाको मुख्य बजारमा अवस्थित वडा नम्वर ६ ले घरघर जाऔं वडा बनाऔं अभियान शुरु गरेको छ । वडामा रहेका टोल बिकास संस्थाहरुको आर्थिक, सामाजिक र संगठनात्मक सुदृढिकरणगर्दै घरघर पुगेर वडाको बिकास गर्न सुझाव संकलन गरेको छ ।

संघीय सांसद संजयकुमार गौतमको प्रमुख आतिथ्यता तथा गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष शुधांसुप्रकाश शर्माको अध्यक्षतामा गुलरिया नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बीरेन्द्र बहादुर शाही, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा, गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्याल वडाका सदस्यहरु, वडाका टोल बिकास संस्थाका अध्यक्षहरु लगायत सरोकारवालाहरु सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधनगर्दै कार्यक्रमका प्रमुख अतिथी, पूर्व सिंचाई मन्त्री एवम् सांसद संजयकुमार गौतमले वडाले शुरु गर्न लागेको वडा बनाउने अभियान अनुकरणीय तथा समय सान्दर्भिक रहेको बताउनु भएको छ । वडा तथा नगरले गर्ने बिकासको जस्तोसुकै काममा पनि आफूले सहयोग गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । दल तथा जनप्रतिनिधि प्रति जनताको नकारात्मक भावना मौलाउँदै गएकाले जनचाहाना बमोजिम बिकासमा अघि बढ्न संसद गौतमले सुझाव दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक बीरेन्द्र बहादुर शाहीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत प्रहरी कार्यालयले वडा तथा पालिकासँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।

जन सहभागीतालाई प्राथमिकता दिएर वडाले शुरु गरेको अभियानले नगरको सुशासनमा सहयोग पुग्ने गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले बताउनु भयो । नगरपालिकाको निति तथा कार्यक्रममा समावेश भएको टोल बिकास संस्था प्रर्बद्धन कार्यक्रम वडाले शुरु गरेकोमा खुशी ब्यक्त गर्नुभयो । यस्ता कार्यक्रमहरुलाई नगरपालिकाले सहजै स्विार्ने उहाँको भनाई छ । वडाले शुरु गरेको घरघर जाऔं वडा बनाऔं अभियान मार्फत वडाको विकास, समुदायको जिवन यापन लगायतका सम्पूर्ण कार्य टोल बिकास संस्था मार्फत गरिने गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष शुधांसु प्रकास शर्माले जानकारी दिनुभयो ।

गुलरिया नगरपालिकामा कुल २६५ वटा टोल बिकास संस्था छन् । जसमध्ये २० वटा टोल बिकास संस्था वडा नम्वर ६ मा रहेको अध्यक्ष शर्माको भनाई छ । कार्यक्रम अन्र्तगत टोल सरसफाई, विजुली बत्ती, स्वास्थ्य, शिक्षा, समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लागु औषध लगायत विभिन्न अपराध न्युनिकरणमा हातेमालो गरिने बताउनु भएको छ । गुलरिया नगरपालिका कार्यालयका अधिकृत मुकुन्द अर्यालले स्वागत मन्तब्यदिंदै कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो । गुनपा वडा नम्वर ६ का वडा सचिव विश्वप्रकास अधिकारीले कार्यक्रम संचालन गर्नु भएको हो ।

तपाइको मत