बिदेशी नागरिकद्वारा बिपन्न विद्यार्थीलाई स्टेशनरी सहयोग
- शुक्रबार भदौ १७ , २०७९
हरिवंश पाण्डे, बर्दिया । जर्मनका नागरिक भोलकर स्टेजले बर्दियाको एक सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा अति विपन्न आधारभूत तहमा अध्ययनरत १० जना विद्यार्थीलाई व्यक्तिगत लगानीमा स्टेसनरी सामग्री वितरण गरेका छन् । ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ मा रहेका छात्रछात्रालाई स्टेशनरी दिईएको हो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्ययनरत अति विपन्न जेहेन्दार छात्र, छात्रालाई प्रति विद्यार्थी १४ सयको दरले कुल १४ हजार मुल्य बराबरको स्टेसनरी वितरण गरिएको साइमन चौधरीले बताउनु भयो । सामजिक सेवामा कार्य गर्ने रुचि भएका उहाँले स्टेशनरी सहयोग गरेको भोलकरको प्रतिनिधित्व गर्दै वितरण गर्न आएका चौधरीले जानकारी दिनु भएको छ ।