बर्दिया इँट्टा ब्यवसायी संघको अध्यक्षमा मनोज बर्मा सर्बसम्मत
- बिहिबार भदौ १६ , २०७९
चुरेकुञ्ज, गुलरिया । बर्दिया ईट्टा ब्यवसायी संघको अध्यक्षमा मनोज कुमार बर्मा (बर्मा ईट्टा उद्योग) सर्बसम्मत चयन हुनु भएको छ । विहिबार सम्पन्न प्रथम अधिवेशनले अध्यक्ष बर्मा लगायतको सबै कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा देवेन्द्र पाण्डे (हिमाली ईट्टा उद्योग), सचिव कृष्ण यादव (यादव ईट्टा उद्योग), कोषाध्यक्ष रामप्रसाद यादव (कोटही ईट्टा उद्योग), सहसचिव जावेद गद्दी (भादा ईट्टा उद्योग) र सहकोषाध्यक्षमा विवेक पोरवाल (पोरवाल ईट्टा उद्योग) सर्बसम्मत चयन हुनु भएको बर्दिया ईट्टा ब्यवसायी संघका उपाध्यक्ष देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
सदस्यहरुमा नैमुद्दिन खाँन (नूरी ईट्टा उद्योग), सदस्य थारु (आकास ईट्टा उद्योग), आकास जिसी (शान ईट्टा उद्योग), धनबिर चौधरी (रामलक्ष्मण ईट्टा उद्योग) र मेराज खाँ (एम.आर.जे.) सर्बसम्मत चयन हुनु भएको संघका उपाध्यक्ष पाण्डेले जानकारी दिनु भएको छ । समितिको सल्लाहकारमा संघका संस्थापक एवम् निबर्तमान अध्यक्ष केशव पाण्डेलाई चयन गरिएको छ । ईट्टा ब्यवसायीहरुको हकहितका लागि आफू डटेर अघि बढ्ने संघका अध्यक्ष मनोजकुमार बर्माले बताउनु भएको छ ।
